संबाददाता: औलोबिजय राईडोने

शवको आगो सबैले देख्छ,
मनको ज्वाला बेदनाले ।
जतिदिन कालले बचाउँछ ,
उति दिन बाँच्नु छ यी ज्यानले ।
मर्दा मलामी आउँछन् भन्ने बिर्सिएर,
फेसबुके बखेडा बनाईन्छ यहाँ ।
झण्डाबाली सोचले ।
फण्डा गर्दै डुक्रीमर्जी गर्दछन् यहाँ,
उनका दास भैयाहरुले ।
शव डडेको देख्छन् यहाँ,
मन ज्वाला देख्छ कस्ले… ?
जग्गे राखी धर्ती पोली
आर्शिबाद भन्ने मुखले,
चोटमाथि चोट बर्सिगयो,
कारण बन्र्यो आफ्नै पैसाले’ ।
र्
पैसा र नाता’ अलग-अलग नठान्नाले,
१२ बर्ष समीप मनुष्यले ठगी जाँँदा,
रिनको डुबान्तले
आफूना भन्या अंशबेची गया ।
संम्बन्ध बिच्छेद गर भनि ध्वाँस दिया टपर्टुईया ।
मन त्यसै कहाँ फूलबारी हुन्छ र प्रीय !
तिम्रा जन्मघरको नातासम्बन्धले ।
शव डडेको सबले देख्छन् मन डडेको कस्ले …?
युरोप,अमेरिका क्यानाडाका बसाईले (चाहार्नेले),
संस्कार संस्कृति त बिर्सिएर गयो-गयो ।
कोशी धर्तीको राजनीतिककर्मी ठान्नेले,
सांसद लोगो ,उप पगरी पाएसी
जे गरे,ठीक गरे गर्ब गर्ने ठान्ने थाङ्नेले
नाङगै जन्मे,नाङगै जल्नु पर्छ भन्ने बिर्सिए ।
लाश डडेको देख्छन् सबैले, मन आगो देख्ने कसले …?
रिन भएपनि भन्छ स्वाभिमानीले
दुःखैदःुख पाईयो,आफ्नै पैसाले ।
रिन काँडियो सयकडा तीनले
जग्गा बेची साँवाब्याज घुँराईयो आफूले ।
शब डडेको सबले देख्छ,मन डडेको कसले…?
क्यानाडा प्रबासी नाथेले,
दरिद्र र लालची सोचको दासहरु नचाए ।
मृत्युपूर्व आफ्नो मलामी बिर्सिएछ,
सांसदको लोगो भिड्नेले…?
क्यानाडालीको कठ पुतली,
ठान्ने फकिर सोचको मनुवाले ।
ठगी धन्दामा संलग्नतालाई प्यारा ठानेका,
मैमत्ता बनेर अरुको रकम झ्वाम पार्ने ,
दलाली सोच बोकेका ।
एक दिन धर्तीमा मर्नुपर्छ भन्ने बिर्सिएका ।
बन डढेको देख्छ सबैले मन डडेको कस्ले …?
शव जलेको देख्छ सबैले मन जलेको कस्ले …?
क्यानाडा लैजान्छु भन्दै-भन्दै,
लाखौ लाख ठगी अरुकासमेत गरेका ।
खै के भन्नु …?
नातामा पर्ने कथित ठग फरार भएको ।
शव डडेको सबैले देख्छ, मन डडेको कसले …?
बीर्यबिज एउटा हो भने,
वापस गर रकम अरुको ।
भित्रि कथा के छ के छ ?
सिल गरेको किताबको ।
पढ्ने त हो सबैले
हिसाब किताब बिरह अरुको ।
बेईमानीको त्यो कालो मनले ।
नाता साईनो लिलामी भयो,
म्यादी उप पगरीले ।
जुनदिनसम्म बाँचेको हुन्छ ,
ती दिन फर्केर ढोगिन्न ।
जुन दिन मरेको हुन्छ मैले ,
ती दिन अभिरफूलमाला
भौमानहरुका ग्रहण गरिन्न ।
नाफाको यो जिन्दगीमा
लालच छैन अरुको सम्पति ।
कौडी छोडिन्न,अरुको लिँइन्न
लोकको चलन चल्ती साँबाव्याज नै दिएन ।
भदौरे घामले सुकाई गयो
म्यादी भौमानकी टपर्टुईया सोचले ।
नामर्द,नीच भनि गया लुच्चा,
कुन धरातलको शक्तिले ।
रिन थियो बिरामी थिए ,
थिए घरका कोही सदस्य ।
ठगी लुट गर्नेलाई १२ बर्ष लुकाई दिए ।
तारका तार सामाजिक संजाल
खबर गर्ने माध्यम ब्लक गरिदिए ।
नेपाल आई लुकीछिपी, ढलीमलि,
बिहेसमेत गरि पठाईदिए ।
चोटपीर अरुमाथि अझ नूनचुक छर्किदिए ।
चुर्लुम्म रिनमा डुवाई,क्यानाडाको कावा खाए ।
शव डडेको देख्छन् सबैले,मन पोलेको कस्ले …?
श्रृंगारको त्यो सेतो कात्रोले,
जीबित कहाँ हुन्छ र ?
ती मनुस्य चोला ।
सहयोग किन गर्थो र.., ऐजेरुकपटी !
कलेटीपनको ढोंगी त्यो ओठले ।
रणभूमी यी मैदानमा
र्
जिते हस्तिनापुर,हारे चपरीमुनीको बास’ ,
कथा बन्यो मेरा लागि मुटुभित्रको अभिलेख ।
सास रहेसम्म आशाको कुपी बाल्ने कोशिस
तनमन जाँगर रहेसम्म,
स्वाभिमान जिउने छ आस ।
शव डडेको सबैले देख्ने, मन डडेको कस्ले …?
चुरीफुरी गरे ती सांसद लोगोले ,
मैमत्ताको कटुबचन मार हाने जसरी ।
गालि बेईज्जत गरि डुक्रि हिन्या छ ,
पातकी जस्तै-जस्तै ।
तथानाम,नानाभाती भौमानको ती गालीले
कन्यादान,सत्यानास गरे ,आर्शिबाद दिनेले ।
बन जलेको सबैले देख्छन् , मन जलेको कस्ले …?
शब डडेको देख्छन् सबैले ,मन डडेको कस्ले …?
मूलको नाता कूलको नाता ,
फाँट्यो कटु उन्का बचनले ।
मर्दापर्दाको साईनो थियो बन्यो,
लिमामी जस्तै-जस्तै ।
दिनै पर्ने रकममाथि सौदाबाजी गर्दै ,
दास लोभी लालचाको शिकारीले ।
रकमकलम तमसुक बनाई गए
सबै थाङ्ना जस्तैजस्तै ।
रगतको साईनो मेरो
आँशु सराब बन्यो ।
जस्तो-जस्तो गर्यो,उस्ताउस्तै भयो,
जिन्दगीको ऐजेरु ती कथा ।
फिकर छैन नाफा जिन्दगीमा
,मुटुभित्र अभिलेखको ब्याथा ।
शव डडेको सबैले देख्छ ,मन डडेको कस्ले …?
बन डडेका सबैले देख्छ मन जलेको कस्ले…?