०९ बैशाख २०८२, मंगलबार

उदयपुरमा चट्याङले एक जनाको मृत्यु

पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईदै

संबाददाता: राजेश राईदनुवार

उदयपुर , १६ जेष्ठ ।
बर्षासङै आएको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रिगुगा नगरपालिका १४ साउने बरगाछिको ५५ बर्षिय सर्बधन राई रहेको वडाध्यक्ष हिमराज मगरले जानकारी दिनुभयो ।

घरमा बसिरहेका अबस्थामा दिउँसो साढे ३ बजे आएको हावाहुरीसङै  वर्षा भएको थियो । बर्षासङै परेको चट्याङले राईको घटना स्थलमै मृत्यु  जनाएको छ । चट्याङ लागेको सूचना लगतै प्रहरी साउनेका घटना स्थलको थियो । चौकीदेखि २ किलोमिटर परको दुरिमा घटना भएको प्रहरीले जनाएको छ ।

राईको शब पोस्टमार्ट्मका लागि एम्बुलेन्समा हालेर जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भैरहेको अध्यक्ष मगरले बताउनु भयो ।