संबाददाता: औलोबिजय राईडोने

उदयपुरको त्रियुगा नगरपालिकाकाको २३ जना फरार प्रतिबादिहरुलाई जिल्ला प्रहरी कार्यालयले उदयपुरले समातेर जिल्ला अदालतको फैसला कार्यन्वयनका लागि अदालत पठाएको छ ।
त्रियुगा नगरपालिका स्थित स्थायीघर भएकाहरु सार्बजनिक अपराध ,बन मुद्दा ,लुटपिट, गालिबेईजत्ति , जालसाक्षी र बहुबिबाहमा फैलसा भएकाहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो ।
२ जना सार्बजनिक मुद्दा, एक जना बन मुद्दा ,५ जना लुटपिट, ६ जना गाली बेईजत्ती ,६ जना जालसाजी र एक महिला बहुबिबाह मुद्दा पक्राउ परेको छ ।
त्यसैगरी ५० रुपैयाँ जरिवानादेखि ४ हजार ८ सयसम्म जरिवाना गरि फैसला कार्यन्वयनमा पक्राउ गरेको हो ।