०६ बैशाख २०८२, शनिबार

सुनकोशी नदिमा ३ बालबालिका बेपत्ता ४ को उद्दार

२० जना बालबालिका होलि खेलेपश्चात नदिमा पौडिखेल्न

संबाददाता: औलोबिजय

उदयपुर  ,११ चैत ।उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका सुनकोशीले बेपत्ता पारेको छ ।

बेपत्ता हुनेमा ८ बर्षिय लोककचन्द्र मगर,७ बर्षिय रिदम मगर र ११ बर्षिया रेखा मगर कोशिमा होलि पश्चात साउनेको धाप्लाङघाटमा पौडी खेल्न गएका बेला कोशिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
होलि खेलेपछी पौडिखेल्न हिडेका स्थानिय बालबालिका कोशिमा बेपत्ता भएको हो ।

४ जना बालबालिका स्थानीयले कोशिबाट उद्दार गरेको १४ नम्बरको वडाध्यक्ष हेमराज मगरले जनाएको छ। बेपत्ता बालबालिकाको खोजी कार्य स्थानिय र प्रहरीले गरेको वडाध्यक्ष मगर जानकारीअनुसार दिनुभयो ।

रुद्र बहादुर मगरको ८ बर्षिय छोराको उद्दार गरिएको छ
भने मेयरमान मगरको एक छोरा र एक छोरी रहेकोमा रेखा बेपत्ता  भएको हुन । त्यसैगरी  केदार मगरको बेपत्ता छोरा रिदम मात्र एक सन्तान भएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

“सुनकोशिमा बेपत्ता भएका रेखा,रिदम र लोकचन्द्र नफर्किने तरिकाबाट बेपत्ता भएको अनुमान उद्दारमा खटिएकाका अध्यक्ष मगरले जनाएको छ । घटना दिउँसो ३ बजे भएको हुँदा हामीले बाच्ने आशा गुमाईसकेको छौ उहाँले भने ।”

बर्सेनि कोशिको पीडाले साउने बजार  शोक मग्न बन्दै आएको छ । यो पालिको होलि पनि हाम्रा लागि दुखको दिन बन्न गयो भनेर अध्यक्ष मगरले दुखेसो गरेर जानकारी दिनुभयो ।

दिउसो ३ बजे  २० जना बालबालिका समुहसहित धाप्लाङघाटमा होलि खेलेपछी पौडी खेल्न गएका थिए ।