संबाददाता: सम्बादाता

गाईघाट ,९ चैत्र ।
उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्रमा दर्ता भएका सहकारीको डिजिटल डाटा इन्ट्री कोपोमिस तालिम सन्चालन गरेको छ । ८-९ गते २ दिने तालिम प्राक्टिलसहित गाईइघाटस्थित क्यास कम्प्युटर इस्टिच्युटको ल्याबमा तालिम सन्चालन हुँदै आएको छ ।
बिगत बर्षमासमेत कोपोमिसको तालिम सन्चालन गर्दै आएता पनि नगरपालिकामा सन्चालित सबै सहकारीको कोपोमिस डाटा प्रबिष्टी नभएकोले डिजिटल अनुगमन निर्देशन दिन असजिलो भएको जनाएको हो ।
नगरपालिकाको २५ सहकारीका कर्मचारी तथा संचालक सदस्य सहभागी रहेको तालिमको आयोजना उधम तथा सहकारी शाखाको आयोजनामा तालिम सन्चलन भएको हो । सो नगरपालिकामा १ सय १३ वटा सहकारी दर्ताभैइ सन्चालनमा आएको शाखा प्रमुख बिश्वजित राईले बताउनुभयो ।
सहकारीको अनुगमन निर्देशन गर्न तथा कुन सहकारी कस्तो अबस्थामा रहेको छ भन्ने जानकारी लिनका लागि डिजिटल प्रबिधिमामा जानुको अर्को बिकल्प नरहेको शाखा प्रमुख राईले बताउनु भयो । उक्त तलिममा प्रदेश सहकारी कार्यालयको सहकारी अधिकृत एबम सहकारी प्रशिक्षक मनोज कार्कीले २ दिनसम्म तालिम दिने उक्त शाखाकी निर्मला दाहालले जानकारी ।
तालिमको उदघाटन नगरप्रमुख बसन्तकुमार बस्नेतले गर्नुभएको थियो ।उद्घाटन कार्यक्रममा उहाँले भन्नू भयो ,” त्रियुगा नगरपालिकामा दर्ता भै सन्चालनमा रहेका सबै सहकारी जनताको पैसा परेको छ,जनताको रकम कुनै पनि हाल्तमा डुब्नु हुदैन । ” सहकारीको रकम हिनामिना गर्ने संचालक ऋणि दुबैलाई कार्बाहीको दायरामा ल्याउने मेयर बस्नेतले बताउनुभयो । र,सहकारीको रिन लिएर नतिर्ने ऋणि र जनताको रकम हिनामिना गर्ने सन्चालकलाई यो नगरपालिकाको सेवासुबिधामा समेत रोक लागाउन सकिने कानुनी ब्यबस्था आउन सक्छ ,बेलैमा होशको ओखती खानु पर्ने बताउनुभयो ।”
कार्यक्रममा कोशी प्रादेशिक सहकारी कार्यालयको प्रमुख रजिस्ट्रार हरि बहादुर खत्री , नगरपालिकाको शाखा प्रमुख बिश्वजित राई, निर्मला दाहाल र अन्नपूर्ण रसाइलीसमेतको उपस्थित रहेको थियो ।