संबाददाता: औलोबिजय

Öउदयपुर,१ चैत्र । उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीको चुवारमा दुर्घटना हुँदा ७ जनाको मृत्युु भएको छ भने ६ जना गम्भीर घाईते भएका छ्न ।
धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९५ नम्बरको बोलेरो मैनामैनीको चुवार भिरको मोडबाट ५ सय मिटर तल खसेको उदयपुर प्रहरी प्रमुख उपरीक्षक रमेश थापाले बताउनुभयो ।
गम्भीर घाईते ३ जना बिराटनगरको न्युरो र धरानको बिपि कोईराला अस्पताल घोपा उपचारको लागि पुराईसकेको एस्पि थापाले बताउनु भयो ।
बोरेरोमा १७ जना सबार रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ११ बजे भएको थियो ।
प्रहरी प्रमुख एस्पि थापाका अनुसार घटनाको बिस्तृत जानकारी नआईसकेको र मृतकहरुका सनाखत भैनसकेको उहाँ जानकारी दिनुभयो ।