०९ बैशाख २०८२, मंगलबार

गाईघाटमा लागुऔषधसहित दुई जना पक्राउ

जनप्रेमि टोल बस्ने २६ बर्षीय सारंस राई र सोही वडा बस्ने २३ बर्षीय पासाङ तामाङ

संबाददाता: औलोबिजय राईडोने

गाईघाटमा लागुऔषधसहित दुई जना पक्राउ
यमन दनुवार ,३० फागुन । गाईघाटमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ गाईघाटको जनप्रेमि टोल बस्ने २६ बर्षीय सारंस राई र सोही वडा बस्ने २३ बर्षीय पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख उपरीक्षक रमेश थापाले बताउनुभयो ।

प्रहरीले सारम्सका साथबाट ब्रुपिनोरफिन–११ एम्पुल, डाईजेपाम–११ एम्पुल, फेनार्ग–११ एम्पुल गरी जम्मा ३३ एम्पुल र सिरिन्ज १३ वटा मध्ये १ थान लोड गरेको बरामद गरेको हो भने अर्का तामाङ सवार ना.२६प. ८३७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा सिट मुनीको डिक्की भित्र लुकाई ल्याएको फेनार्गन १५ एम्पुल, डाईजेपाम १४ एम्पुल र आईपिल १५ एम्पुल गरी जम्मा ४४ एम्पुल फेला परेसँगै स्कुटर सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।।