संबाददाता: यमन राईडोने

उदयपुर २९ फागुन ।
ग्रामीण पर्यटन प्रबर्द्धन,प्रदेश स्तरीय होमस्टे सम्मेलन मुल नाराका साथ उदयपुरको त्रियुगा नगरपालिका ८ राजाबासको दनुवारडोने सामुदायिक भबनमा २ दिने सम्मेलन भएको छ ।
होमस्टे(घरबास) सम्मेलनको उद्घाटन कोशी प्रदेशको पर्यटन ,बन तथा बाताबरण मन्त्री गणेशप्रसाद उप्रेतीले बिरुवामा पानी हाली गरेका थिए । मन्त्री उप्रेतीले होमेस्टेको बारेमा सम्भाबना,चुनौती र समस्यासहितको कोशी प्रदेशको होमस्टेको पहिचान र प्रबर्द्धनमा सरकार सकारात्मक भएको उल्लेखित कार्यपत्रसमेत बाचन गर्नुभएको थियो ।
सम्मेलनमा कोशी प्रदेशमा संचालित होमस्टेका संचालकहरुलाई घरबास ब्यबस्थापन कसरी राम्रो गर्न सकिन्छ भन्ने जानकारीसमेत सम्मेलनमा दिए । उद्घाटन कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री नारायण बहादुर बुर्जामगर,प्रदेश सान्सद,सम्झना तामाङ ,गिता रेग्मीलगायतको उपस्थित रहेको थियो ।
उक्त सम्मेलनमा कोशी प्रदेशको १ सय ५ घरबास होमस्टे संचालकहरुको बाक्लो उपस्थित रहेका थिए भने १३ वटा होमस्टेको चिनारीसहित स्टल राखिएको थियो । सम्मेलनको अध्यक्षता पर्यटन मन्त्रालयको सचिवको विशाल घिमिरेले गर्नुभएको थियो ।
पर्यटन कार्यालय धरान,पर्यटन कार्यालय काकडभित्ता,त्रियुगा नगरपालिका र कोशी प्रदेश समन्वयमा रहेकोपर्यटन ,बन तथा बाताबरण मन्त्रालयको आयोजनामा होमस्टे सम्मेलन भएको पर्यटन मन्त्रालयको अधिकृत हेमराज अर्यालले जानकारी दिनुभयो ।