संबाददाता: राईडोने

उदयपुर २ पुस । उदयपुरको बेलका नगरपालिका ९ भचुवाको एक युबा गाजा सहित आईतवार पक्राउ परेको छ । १३ किलो अवैध गाँजा सहित भचुवाका २१ बर्षिय रबिन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले लुकाईछिपाई ग्वालिमा राखेको अबस्थामा गाजा बरामत गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका राईलाई म्याद थप गरी अनुसन्धानका लागि
इलाका प्रहरी कार्यालय राम्पुर ठोक्सिलामा राखिएको उपरीक्षक थापाले बताउनुभयो ।