संबाददाता: गाईघाट

पैसाको अभाबले उपचारमा कठिनाइ भएकोले वडाको समन्वयमा आर्थिक संकलन भएको छ । त्रियुगा नगरपालिका १० का बर्ष ३७ का मणिराज राईको जिबन रक्षार्थ सहयोग स्थानीयबासीले आर्थिक संकलन अभियान थालेको छ ।
१० नम्बर वडाबासीले ५ वटा टोल बिकास सस्थाको नेतृत्वमा ८१ हजार ७ सय ६५ रकम सहयोग जुटेको वडाअध्यक्ष किरण पाण्डेले जानकारी दिनुभयो ।
सहयोगका लागि इन्द्रेणी ,नब समृद्धि ,सचेतता ,समाबेशी यलम्बर र रमाइलो डाडा टोल बिकास सस्थाका घर परिवार सदस्यहरुबाट संकलित रकम मृगौला,कलेजो पीडित राईलाई प्रदान गरिएको स्थानिय सुपराज राईले बताउनुभयो ।
वडा कार्यालयको संयोजनमा आफ्ना वडामा टोल बिकास सस्था ३१ वटा सबैमा सहयोगको अपिल गर्ने वडाध्यक्ष पाण्डेले बताउनुभयो । पीडित राई बिराटनगरको नोबेल अस्पतालमा १ महिनादेखी उपचार गराउदै आएको छ ।
आर्थिक अभाबका कारण उपचारमा समस्या आएपछी सहयोगको लागि अभियान सन्चालन गर्नुपरेको सुपराजले बताउनुभयो ।