संबाददाता: उदयपुर

गाईघाट / मदन भण्डारी राजमार्ग अधेरीमा गए राती ट्र्क दुर्घटना भएको छ ।
काठमाडौदेखि झापा आलु लिएर जाँदै गरेको को १ ख ३२३४ नम्बरको ट्रक राती साढे तीन बजे ब्रेक फेल भई सडकबाट २० मिटर सालको रुखमा ठोक्किदा चालक घाइते र सहचालक दुबै जना घाईते भएको ट्राफिक प्रहरी नबराज खत्रीले जानकारी दिएका छ्न ।
चालक र सहचालक सामान्य घाईते भए पनि ट्रक पूर्णरूपमा क्षतिग्रस्त भएको छ । आलु झापा लिएर हिडेको ट्रक उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी जङ्गलको मदनभण्डारी राजमार्ग कटारी-गाईघाट सडकखण्ड अधेरीमा हाईड्रोलिक ब्रेक फेल हुदा दुर्घटना भएको स्थानीय पत्रकार होम बस्नेतले जनाकारी दिनुभयो ।
नेपालटार मुर्कुची संगमचोकसम्म्को दुरिमा अधेरी जङ्गलमा जिल्लाकै सबैभन्दा खोजिम सडक भएको पत्रकार बस्नेत बताउनुभयो ।
एक साता अघि मात्र सोही ठाउमा बनभोज खान गएका देउरी गाउँका स्थानीय अधेरी सुके झरनाबाट नुहाएर फर्किने क्रममा स्कुल बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो ।