०९ बैशाख २०८२, मंगलबार

उदयपुरमा सेउलाले छोपेको शब फेला

प्रहरीको अनुसन्धान

संबाददाता: सम्बादाता

उदयपुर १९ मंसिर ।
त्रियुगा नगरपालिका वडा नं ५ दमौती एक पुरुषको शव सेउलाले छोपेकोमा फेला परेको छ ।

६० बर्षिय दमौती कटुसवारी टोलका श्याम राईको शव झाडीमा सेउलाले छोपेको अवस्थामा फेला परेको स्थानीयले जनाएको छ । राई ३/४दिनदेखि हराईरहेको स्थानीयको भनाई छ ।

घटना स्थल प्रहरी खटीसकेको जिल्ला प्रहरी कार्यालयको प्रमुख उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।शबको प्रकृति र घटनाबारे अनुसन्धानका लागि जिल्लाको प्रहरी टोली घटना स्थलमा पुगिसकेको छ ।

स्थानीयहरुका अनुसार मृतक राईको श्रीमतीसँग झगडा परेको बुझिएको छ । घटना बारे बिस्तृत जानकारी नआईसकेको एस्पि थापाले बताउनु भयो ।