०९ बैशाख २०८२, मंगलबार

उर्लाबारीको सुन पसलमा भएको आगलागी

आगलागीमा परी घाइतेहरुकाे सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्न

संबाददाता: विराटनगर

विराटनगर । माेरङकाे उर्लाबारीको सुन पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये १० जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।
विर्तामोडस्थित बिएन्सी अस्पतालमा उपचाररत दश जनालाई नेपाली सेनाको बिमानले भद्रपुर विमानस्थलबाट काठमाडौं लगिएकाे हाे ।आगलागीमा परी घाइतेहरुकाे सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्न बताएकाे छ।
मुख्यमन्त्री केदार कार्कीले आज बिहान बिएन्डसी अस्पताल बिर्तामोड पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएकाे थियाे ।
लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी -७ स्थित दिपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरी सहित २८ जना जलेर घाइते भएका थिए ।
तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो ।‌
प्रदेश सरकारको समन्व थट उपचार गर्न उनीहरुलाई सेनाको स्काई ट्रकले विराटनगर विमानस्थलबाट लगेको थियो ।