संबाददाता: sanghiyarajya

त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि कर, शुल्क, दस्तुर तथा जरिवाना सम्बन्धी त्रियुगा नगरपालिकाको आर्थिक विधयेक २०७९ पास भएसँगै करको दर वृद्धि भएको हो । नगरपालिकाको आर्थिक विधयेक २०७९ उपप्रमुख महेश्वरी राईले निर्णार्थ नवौं नगर सभामा पेश गरेका थिए ।
व्यवस्था अनुसार त्रियुगा नगरपालिकाभित्र १ लाख रुपैयाँ सम्मको सम्पत्तिको मूल्याङ्कन भएको घर जग्गामा १०० प्रतिशत सम्पत्ति कर वृद्धि भएको छ ।आर्थिक वर्ष २०७६र७७, २०७७र७८, २०७८र७९ मा नबढको घरजग्गाको करको दर आगामी आर्थिक वर्ष २०७९र८० मा सत प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्म तिर्दै आएकोमा सम्पति करयोग्य मूल्य १ लाखसम्ममा ५० रुपैयाबाट बढेर आगामी आर्थिक वर्षबाट १०० रुपैया कर निर्धारण गरिएको छ ।
२ लाख ५० हजार रुपैयाँसम्मको घरजग्गामा तिर्दै आएको ७५ रुपैयाबाट एकै पटक १२० अर्थात ६० प्रतिशत कर वृद्धि भएको छ । ५ लाख रुपैयाँ सम्मको सम्पत्ति करमा १३५ रुपैयाबाट १५० रुपैया अर्थात ११।११ प्रतिशत वृद्धि भएको छ । १० लाख रुपैयाँसम्म ९ प्रतिशत बढी, १५ लाखसम्ममा १० प्रतिशत, २० लाखसम्मलाई ५।८८ प्रतिशत कर वृद्धि भएको छ ।
त्यसपछिका कर योग्य सम्पतिमा १० प्रतिशतले कर वृद्धि भएको छ । १ करोडसम्मको घर जग्गा भएकोले सम्पति कर बापत १० हजार तिर्नु पर्ने थियो भने अहिले ११ हजार तिर्नु पर्छ । ५ करोडसम्मको सम्पत्ति हुनेले अव ६ हजार बढी सम्पति कर तिर्नु पर्ने हुन्छ ।
सम्पत्तिकर प्रयोजनको लागि संरचनाको दर रेटमा भने कुनै परिवर्तन ल्याएको छैन् । वृद्धि कर श्रावण १ गतेबाट लागू हुनेछ । थोरै जग्गा जमिन घर हुनेहरुमा करको दायरामा सत प्रतिशत वृद्धि भएको छ भने बढी सम्पति र जग्गा जमिन हुनेको करमा १० प्रतिशतसम्म मात्रै वृद्धि भएको छ । करको दरको वृद्धिले के देखायो भने कम सम्पत्ति भएकोले बढी कर तिर्नु पर्ने र बढी सम्पति भएकोले कम सम्पत्ति कर तिर्नु पर्ने असमान कर प्रणाली देखाएको छ ।
यस्तै वित्तिय सेवामा पनि करको दर वृद्धि गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बाहेक आर्थिक कारोबार गर्ने वाणिज्य बैंकहरुमा आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्म तिर्दै आएको करको दरमा ६० प्रतिशत वृद्धि गरेको छ । पहिले २५ हजार तिर्दै आएकोमा आगामी आर्थिक वर्षबाट ४० हजार कर तिर्नु पर्ने भएको छ ।
त्रियुगा नगरपालिकाको सातौं नगर सभाले असोजमसान्त सम्म व्यवसायी कर तिर्नेलाई २५ प्रतिशत छुट दिईएको थियो भने व्यवसायीले नगरपालिकामा बुझाउनु पर्ने घर बहाल करमा पनि असोजमसान्त सम्म बुझाए ३ महिनाको छुट दिइएको थियो । आगामी वर्ष व्यवसायीहरुको लागि कुनै त्यस्तो सुविधा दिइएको छैन् ।