संबाददाता: औलोबिजय

गाईघाट १६ असोज । गाईघाटको शक्तिपिठ भगवती थान परिसर नेपाली सेना,नेपाल प्रहरी, शसस्त्र प्रहरीले सरसफाई गरेको छ ।
असल परम्परा, संस्कारकाे निरन्तरताका लागि अर्थपूर्ण सहभागिसहित थान मन्दिरपरिसर आज बुधबार सरसफाइ गरिएको स्थानीयबासी तथा बुद्धिजिबि समाजसेबी युबराज घिमिरेले जानकारी दिनुभयो ।
भगवती मन्दिर व्यवस्थापन समितिको अगुवाईमा शस्त्र प्रहरी ,नेपाली सेना , नेपाल प्रहरी र सरोकारबालाको उपस्त्थितमा
मन्दिर परिसर सरसफाइ गरिएको थियो ।
मन्दिर थान समितिको नेतृत्वमा दशैको सामुहिक जमरा राख्ने ,फुलपाती हर्षबढाई गाईघाट बजार परिक्रमा गर्ने ,दुर्गा पुजा घटस्थापनाको दिनबाट सुरुवात गर्ने , नेपाली सेना,प्रहरी र शसस्त्र प्रहरीले अष्टमी नवमीका दिन बलि पुजा गर्ने कार्यक्रम रहेको घिमिरेले जनाएको छ ।
बिजयादशमीको दिन जमरा बितरण गर्ने कार्यक्रम रहेको समेत उहाँले बताए । (यो समाचार तयार र फोटो युबराज घिमिरेको फेसबुक सुचनाबाट लिईएको हो )