०६ बैशाख २०८२, शनिबार

खोटाङको ऐसेलु खर्क पहिरोले घर बगायो

राई र घिमिरेको घर पुर्ण क्षती

संबाददाता: सम्बादाता

खोटाङमा शुक्रबार  राति गएको पहिरोले एक घर बगाएको छ भने अर्को एक घर ढलेको छ । निरन्तरको बर्षा पछी गाउँमा पहिरो जादा खोटाङको ऐसुलुखर्क गाउपालिका १ राखाबाडे सोखुकी शान्तिकला राईको घर पहिरोले बगाएको र कालीमाया घिमीरेको घर पुर्ण रूपमा ढलेको गाउपालिकाका अध्यक्ष गिरेन्द्र राईले बताए ।

१ सय ५० घर परिबार रहेकोे सोखुमा पहिरोको कारण अन्य ५ परिवार बिस्थापित भएको राईले बताए । निरन्तरको बर्षा पछी गए राति सोखुमा पहिरो गएको हो ।घरमा खाना खाएर बसिरहेको बेला पहिरो आएको थाहा हुने बितिकै गाउलेहरु ज्यान बचाउन घर छोडेर सुरक्षित स्थान तर्फ गएकोले कुनै मानवीय क्षति नभएको राईले बताए ।

पहिरोको कारण भैरब कार्की , ज्ञान बहादुर , चेतनाथ घिमिरे , बाबुराम कार्की र भुपराज कार्कीको परिबार बिस्थापित भएको उनले बताए ।
पीडित परिबारहरुलाई गाउपालिकाले गाउपालिका कार्यबिधि अनुसार प्रति परिबार २० हजारको दरले क्षतिपुर्ति बापत नगदको साथै लत्ताकपडा , खाद्यान्न र त्रिपाल र भाडा बर्तन दिने तयारी भैरहेको अध्यक्ष राईले बताए ।

बर्षा निरन्तर भैरहेकोले अरु मानवीय क्षति नहोस् भन्नकोलागि बस्तीका सबैलाई उद्घार गर्न हेलिकप्टरको माग गरिएको अध्यक्ष राईले बताए ।