०९ बैशाख २०८२, मंगलबार

प्रचण्डद्वारा सहिद सुरजअर्जुन शालिक अनावरण

माओबादी मोर्चा बन्दी जरुर

संबाददाता: औलोबिजय

सप्तरी , २४ भदौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
सहिद दुर्गा पौडेल (सूरज) र उपेन्द्र बहादुर कोईराला (अर्जुन) को शालिक अनावरण गर्नुभएको हो ।

सोमबार दिउँसो २ बजे सप्तरीको सुरुङ्गा नगरपालिकामा हुने कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुरुङ्गा नगर कमिटीद्वारा आयोजना गरिएको छ ।

तात्कालिन  २०५५ साउन ३१ गते शहिद पौडेललाई प्रहरीले घरबाटै समातेर जिल्ला प्रहरी कार्यलयमा पुर्याई घर फर्काउने क्रममा प्रहरी द्वारा बाटैमा  हत्या गरिएको र सहिद कोईरालालाई २०६१ असोज २५ गते उदयपुरको गोईयामा नेपाली सेनाद्वारा हत्या गरिएको पार्टी नगर कमिटीले जनाएको छ ।

तात्कालिन माओवादी आन्दोलनमा योगदान दिएका शहीदहरूको सम्मानमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय कमिटीका शिर्षस्थ  नेताहरू, स्थानीय बासिन्दा, र शुभेच्छुकहरूको व्यापक उपस्थिति रहेका थिए ।

शालिक अनावरणले माओवादी एकतालाई मजबुत बनाउदै लाने र  आन्दोलनको इतिहासलाई सम्मान गर्दै अगाडि बढ्ने  दाबी रहेको छ । सहिदको सपना पूर गर्न माओवादी हर तयार रहेको र युद्धलाई  चानचुने हाक नसम्झुनु पर्ने समेत राज्यलाई चेतावनी दिएको थियो ।

क्रान्तिको बलमा नयाँ ब्यसस्था आएको छ अबस्था फेर्न एकपटक पुन माओबादी मोर्चाबन्दी हुन जरुर रहेको प्रचण्डले बताउनु भयो ।