०५ बैशाख २०८२, शुक्रबार

२२ औं कृष्ण सेन इच्छुक स्मृतिमा फलफूल वितरण

उदयपुर जिल्ला अस्पतालका ४० जना बिरामीहरुलाई फलफूल

संबाददाता: औलोबिजय राईडोने

केन्द्रिय सदस्य यमन राईडोनेले फलफूल वितरण गर्दै

गाईघाट १३ जेठ ।
२२ औं कृष्ण सेन इच्छुक स्मृति दिबसको अबसरमा आईतवार प्रेस सेन्टर नेपाल उदयपुरले जिल्ला अस्पताल उदयपुरका ४० जना बिरामीहरुलाई  फलफूल बितरण गरेका छन् ।

प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले बिहान अस्पतालमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेको सेन्टरेले जनाएको छ । फलफूल वितरण कार्यक्रममा सेन्टरका केन्द्रिय सदस्यहरु यमन राईडोने, महेश्वर चाम्लिङ , भोटराज राई र अनुशासन समिति सदस्य तथा शाखा उदयपुरका संस्थापक अध्यक्ष हरि कुमार राईको समेत उपस्थिति रहेका थिए । 

त्यसै गरि नेपाल पत्रकार महासंघ शाखा उदयपुरको पूर्व अध्यक्ष इश्वर तामाङ, अध्क्ष भरत खड्का,प्रेस चौतारी उदयपुरका अध्यक्ष पुरुषोत्तम साप्कोटा ,जिल्ला अस्पतालका प्रमुख मेसु डा। ज्ञानेन्द्र झाले समेतले फलफूल वितरण गरेका थिए ।

 

प्रेस सेन्टरले हरेक बर्ष जेष्ठ १३ मा स्व.कृष्ण सेनको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजना गरि दिबस मनाउने गरेको छ। पत्रकार एबम कबि समेत रहेका इच्छुकलाई माओवादी द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरेर हत्या गरेका थिए । उहाँका सम्झनामा हरेक बर्ष प्रेस सेन्टर नेपालले दिबस  मनाउदै आएको प्रेस सेन्टर उदयपुर शाखाका अध्यक्ष सुपराज राईले बताए ।