०५ बैशाख २०८२, शुक्रबार

गाडिको ठक्करले दनुवारको मृत्यु

बीरबहादुर दनुवार निसन्तान

संबाददाता: औलोबिजय राईडोने

 

उदयपुर ,७ बैशाख ।
उदयपुरको त्रियुगा नगरपालिका ९ माथाने चोकमा बिहान गाडिको ठक्करबाट एक युबाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २४ बर्षिय बबित दनुवार रहेका हुन । उनी गाउँमा बिहे भोज खाएर घर फर्कने क्रममा बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मदनभण्डारी राजमार्ग सडक अन्तर्गत राजाबास डोनेबास- गाईघाट सडक खण्डमा बिहान साढे ४ बजे बबितलाई पिकप योद्धाले ठक्कर दिएको टाईमिङ मिल्न गएको प्रहरीले जनाएको ।

ठक्करपछि गम्भीर घाईते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल प्रहरीले पुराएका थिए ।उनको उपचारक्रममा मृत्यु भएको डिएस्पी चापागाईंले बताउनु भयो ।

वीर बहादुर दनुवारको एक छोरा र एक छोरी थिए । मृत्युक बबितका दिदिको यस अघिनै मृत्यु भैसकेको छ भने बबितले आज शुक्रवार बिहान ज्यान गुमाएको हो ।

छोराको गाडिको ठक्करबाट मृत्युले दनुवार दम्पती निसन्तान भएको सोही वडाका वडाध्यक्ष राजकुमार दनुवारले जानकारी दिनुभयो ।
मृतक बबित ज्याला मजदुर गरि आमाबुवाको साहारा बन्दै आएका समेत थिए ।

बीरबहादुर दम्पतीले आफ्ना दुबै सन्तान गुमाउदा उनको परिवार उजाडिएको वडाध्यक्ष दनुवारले बताउनु भयो ।
ठक्करको आशन्कमा  बागमती प्रदेश ०१ -०२७ च ५३८२ नम्बरको एक योद्धा पिकअप गाडी प्रहरीको नियन्त्रणमा रहेको छ ।