०५ बैशाख २०८२, शुक्रबार

कटारीमा सडेको शब फेला

छाउरी खोला खहरेको पुलमुनी मानव कंगाल फेला

संबाददाता: औलोबिजय

उदयपुर,११ चैत्र । उदयपुरको कटारी नगरपालिका ५ छाउरी खोलाको पुलमुनी मानव कङ्काल फेला परेको छ ।

आज बिहान खहरे खोलाको कासघारीमा एकमहिनाभन्दा लामोसमयको सडिसकेको अबस्थामा मानव कङ्गाल फेला परेको इलाका प्रहरी कार्यालय कटारीको प्रमुख प्रहरी नायब उपरीक्षक सुबाष राईले बताउनुभयो ।

घटना स्थलबाट प्रहरीले भर्खरै अस्पताल कङ्काललाई ल्याउनेकाम भएको छ ।अब उसले लगाएको पोशाक र मानव हराएको नभेटिएका उजुरी हेरेर वा लुगाफाटोको पहिचान गर्दै अनुसन्धानबाट शबको पहिचान गरिने डिएस्पी राईले बताउनुभयो ।

कुकुर, स्यालले शरिरबाट हाटखुट्टा र टाउको छुटाईसकेको अबस्थामा फेला परेको हो । शबमा लुगा समेत मकाईसकेका छ । बेबारिसे हो या कर्तव्य के कारणबाट हो खोजतलास र ल्याब परिक्षण गरि शब पहिचान गरिने बताउनुभयो ।