०५ बैशाख २०८२, शुक्रबार

मृगौला पीडित राईलाई सहयोग जुट्दै

कलेजो,मृगौला र जण्डिस्को उपचार गर्दै

संबाददाता: गाईघाट

पैसाको अभाबले उपचारमा कठिनाइ भएकोले वडाको समन्वयमा आर्थिक संकलन भएको छ ।  त्रियुगा नगरपालिका १० का  बर्ष ३७ का मणिराज राईको जिबन रक्षार्थ सहयोग स्थानीयबासीले आर्थिक संकलन  अभियान थालेको छ ।

१० नम्बर  वडाबासीले ५ वटा टोल बिकास सस्थाको नेतृत्वमा ८१ हजार ७ सय ६५ रकम सहयोग जुटेको वडाअध्यक्ष किरण पाण्डेले जानकारी दिनुभयो ।

सहयोगका लागि इन्द्रेणी ,नब समृद्धि ,सचेतता ,समाबेशी यलम्बर र रमाइलो डाडा टोल बिकास सस्थाका घर परिवार सदस्यहरुबाट संकलित रकम मृगौला,कलेजो पीडित राईलाई प्रदान गरिएको  स्थानिय सुपराज राईले बताउनुभयो ।

वडा कार्यालयको संयोजनमा  आफ्ना वडामा  टोल बिकास सस्था ३१ वटा सबैमा  सहयोगको अपिल गर्ने वडाध्यक्ष पाण्डेले बताउनुभयो । पीडित राई बिराटनगरको नोबेल अस्पतालमा १ महिनादेखी उपचार गराउदै आएको छ ।

आर्थिक अभाबका कारण उपचारमा समस्या आएपछी सहयोगको लागि अभियान सन्चालन गर्नुपरेको सुपराजले बताउनुभयो ।