संबाददाता: सम्बाददाता

उदयपुर ,१० मंसिर
उदयपुरको चौडण्डीगढी नगरपालिका ९ स्थित भिमामा घरमै बसेकालाई कारले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४५ बर्षिया कमलादेबी चौधरी रहेकी छिन् ।
मदनभण्डारी राजमार्गको गाईघाट-चतरा सडकखण्डको भिमामा पश्चिमबाट पुर्बतर्फ जाँदै गरेका प्रदेश १-०४००१च१३८६ नमबरको कार सडकदेखि अनियंत्रित भइ आफ्नै घरमा बसेकी चौधरीलाई ठक्कर दिएको थियो ।
कारका चालक र एक सबारसमेत घाईते रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाएको इलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक बबिन राईले जानकारी दिनुभयो ।
घुमाउरो सडकमा तिब्रगतिको कार अनियंत्रित भै दुर्घटना भएको प्रहरीले जनाएको छ ।