२८ चैत्र २०८१, शुक्रबार

उदयपुरको सदरमुकाम गाईघाट बजारमा बिपि कोईराला चोकमा बिपि शालिक

बिपिको अर्धकद शालिक गाईघाटमा

संबाददाता: सम्बादाता

उदयपुर २४ कार्तिक ।

उदयपुरको गाईघाट बजारमा बिपि कोईरालाको शालिक अनावरण  शनिबार सम्पन्न भएको छ ।अनावरण नेपाली काङ्ग्रेस बरिस्ठ नेता शेखर कोईरालाले गर्नु भएको थियो ।

उहाँले नेपाली काङ्ग्रेस कम्जोर नभएको,सधै प्रतिस्पर्धा गर्ने र गलतलाई गलत भन्ने पार्टी हुनुपर्नेमा जिकिर गर्नुभयो ।

त्यसैगरी सरकारले सातबुदे समझदारी कार्यन्वयन गर्ने, संविधान संसोधन गर्ने लगायतको बिषयमा बोल्नुभयो । बर्तमान सरकार दुई तिहाईको दम्भले मात्र नचल्ने अरु दलसित समेत संविधान सशोधनको बिषयमा व्यापक छलफल गर्ने र भ्रस्टाचार नगर्ने कुरामा कटिबद्ध हुनुपर्ने बरिस्ठ नेता कोईरालाको दाबी रहेको थियो । नेपाली काङ्ग्रेस सामेल सरकारले राम्रो काम बाहेको अरु गर्ने छुट नभएको समेत  बताउनुभयो ।

जिल्ला पार्टीभित्र बिमेलले सन्देश  राम्रो नजाने र आफू भने  आफ्नो छायामा आफै डराउनु पर्ने भएको भएको गुनासो गर्नुभयो । काग्रेसको आगामी  एक बर्षभित्रको समयसिमामा नै महाधिवेशन हुनुपर्ने र सो अधिबेशनले नयाँ नेतृत्व जन्माउनुपर्ने  र जनता न्युनतम काममा नै पार्टी केन्द्रित रहनु पर्ने बताउनु भयो ।

आगामी बर्षको महाधिवेशनबाट नयाँ नेतृत्वले शिक्षा ,स्वास्थ्य र किसानका मलबिउ सहजै गर्ने लक्ष्य  रहेको हुनुपर्छ  र ठुला कुरा  गरेर होईन साना साना काम मै ध्यान दिने पार्टिले गर्नुपर्नेभन्दै बताउनुभयो । ८४को चुनाबमा नेपाली काग्रेस एक्लै भिड्ने समेत जिकिर गर्नुभयो ।

त्यसैगरी गाईघाट बजारको बिपि चोकमा बिपिको   अर्धकद निर्मित शालिक राखिएको  छ ।  गाईघाटको मुख्य गाईचोकबाट ५० मिटर पुर्ब मदनभण्डारी राजमार्गमा अन्तरगतको गाईघाट बैक-विद्युतमार्ग जाने बिचसडकमा  बिपिको शालिक रहेको छ । अनावरण कार्यक्रममा केन्द्रिय सदस्य द्वय गुरु घिमिरे,राजिब कोईराला र कोशीको पुर्ब मुख्यमन्त्री केदार कार्कीको उपस्थित रहेको थियो ।

अर्धकद बिपि शालिक निर्माण त्रियुगा नगरपालिकाको आर्थिक  सहयोगमा निर्माण सम्पन्न भएको नगर प्रमुख बसन्त बस्नेतले बताउनुभयो ।