संबाददाता: सम्बाददाता

उदयपुर, १३ कार्तिक ।
आपसी विवादमा साथीलाई कैचि प्रहार गरी घाइते बनाएर फरार रहेका त्रियुगा नगरपालिका १२ का श्रबण सेवा पक्राउ परेका छ्न ।
प्रहरीले घरमै लुकेर बसेको उनलाई मंगलबार पक्राउ गरेको छ ।अर्को साथीलाई मोटरसाइकल हाक्न लगाएर बीचमा रहेका बिष्टलाई सेवाले सोमबार साँझ पछाडीबाट कुममा छुरा प्रहार गरेका थिए । कुममा नसा काटिएर अत्याधिक रक्तस्राव भएपछि बिष्टलाई उपचारकोलागि बिराटनगर लगिएको थियो । उनको अबस्था सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
घटना पीछ फरार रहेका सेवालाई प्रहरीको टोलीले पक्राउ गरेको र घटनाको अनुसन्धान भैरहेको एसपि हरिहरनाथ योगीले बताए ।