संबाददाता: सम्बाददाता

बेलका नगरपालिका ६ घर भएका १४ बर्षिय सायल राई ४७ दिन देखी जापानिज (इन्सेप्लाईटिस) रोग सँग लडिरहेको छ । बेलका नगरपालिकाको जडाहास्थित बेलका बोर्डिङ कक्षा ६ मा अध्यानरत सायल यतिवेला रोगसँगको कष्टकर जुधाईमा छ । सायलको उपचारको लागि परिवारले १६ लाख बढी खर्चिसकेको छ । ४७ दिन देखी बिराट टिचिङ हस्पिटलको भेण्डीलेटरमा राखेर उपचार गराईरहेको सायललाई थप उपचार अघि बढाउन आर्थिक समस्या परेको भन्दै परिवारले उपचारमा सघाउन सबैसामु सहयोगको अपिल गरेको छ ।
जापानिज (इन्सेप्लाईटिस) रोग तथा मतिष्क टिबी रोगले ग्रसित सायलको उपचार सुरुवातदेखीनै भेण्डीलेटरमा राखेर भैरहेको परिवारले जनाए । सायलको काका राज कुमार राईका अनुसार बिरामीको उपचारमा औषधी बाहेक १६ लाख खर्च भैसकेको र थप उपचारको लागि परिवारमा आर्थिक स्रोत नभएकाले सहयोगको अपिल गर्नु परहेको हो ।
हस्पिटलले बिरामीको रोग प्रतिरोधात्मक क्षमता अनुसार उपचारमा भर पर्ने जनाए । बिरामीको पावर बढ्दै गएर रोगलाई जित्न सके छिटै रिकोभर हुने नत्र जति पनि समय लाग्न सक्ने हस्पिटलले जनाएको राईले बताए । उपचार जारी रहेको र विरामीले हाल आँखा हेर्न सक्ने अवस्थामा रहेपनि शरिरको कुनै पनि भाग भने चल्न सकेको छैन् । बिरामी पछि कस्तो हुने भन्ने बारे पनि डाक्टरले भन्न सक्ने अवस्था नरहेको राईको भनाई छ । बिरामीको क्षमता अनुसार राम्रो हुन पनि सक्ने त्यसका लागि ३ महिना ६ महिना जति पनि समय लाग्न सक्ने डाक्टरको भनाई रहेको सायलका काका बताउँछन् । घरमा आर्थिक अवस्था नाजुक रहेकै कारण सायलको उपचारमा समस्या हुने हो की भन्ने परिवारमा चिन्ता छ । सायलको बाबु दिनेश राई र आमा निर्मला राई यतिवेला सहयोगी हातको लागि नै हात जोडिरहेको छ । सायलको काका भुवन राईले पनि आर्थिक सहयोगका लागि पहल गरिरहेको छ ।
उपचार र विरामीको अवस्था सुधार हुन आर्थिक अवस्थामै भर पर्ने भन्दै सायल बचाउन काका भुवन राई लगायत परिवारनै यतिवेला सहयोगको याचनामा लागिरहेको छ । दिनेश र निर्मलाको एक्लो छोरा सायललाई केहि मनकारी व्यक्तिहरुले सहयोग समेत गरिरहेका छन् । तर थप रकम आवश्यक परेकाले मनकारी व्यक्ति, संघ संस्था र देशविदेशमा रहेका महानुवाभहरु प्रति सहयोगको आशा परिवारले राखेको छ । सायललाई सहयोग गर्नु हुने इच्छुकहरुले ठूलोबुवा राजकुमार राईको कुमारी बैंकमा रहेको खाता नं. २०८०३०६२६५१००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ भने ९८६१७१६१८३ या स्थानीय युवा समाजसेवीहरु भुवन राई ९८५२८२९१४१ र आकाश राईलाई ९८४०३४९२०३ मा पनि सम्पर्क गरेर सहयोग गर्न सकिने बिरामीका परिवारले जनाएको छ ।