संबाददाता: सम्बाददाता

गाईघाट १२ कार्तिक ।
छुरा प्रहारबाट सोमबार साझ एक युवक गम्भीर रूपमा घाइते भएका छ्न । आपसी विवादमा आफ्नै साथीले फलामे छुरा प्रहार गर्दा त्रियुगा नगरपालिका १२ का बर्ष २० का अनुश बिष्ट गम्भीर घाइते भएका हुन् ।
शरीरको कुममा गहिरो चोट लागेर घाइते भएका बिष्टलाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचार पछी थप उपचारकोलागि बिराटनगर लगिएको छ ।
साझ ५.३५ बजेको समयमा मोटरसाइकलमा रहेका साथीले बिष्टलाई नगरपालिका पछाडि भरत रोष्ट पसल नजिक गाडीमै रहेको बेला छुरा प्रहार गरेका थिए । उनिहरु दुबै जना संगै मोटरसाइकल चडेर बजार तर्फ आउदै गर्दा उक्त घटना भएको हो । बिष्टलाई छुरा प्रहार गर्ने सोही वडाका १८ बर्षिय श्रबण सेवा फरार रहेको प्रहरीले जनाएको छ ।
बिष्ट र सेवा दुबै जना लागूऔषध दुर्ब्यसनि रहेकोे खुल्न आएको छ ।उनिहरु बीच के कारणले विवाद भएर घटना भएको भन्ने बारे केहि खुलेको छैन । प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।
जिल्ला अस्पताल उदयपुरले घाइते बिष्टको अत्यधिक रक्तस्राव भएकोले उपचार बिराटनगर रेफर गरिएको जनाएको छ ।