२८ चैत्र २०८१, शुक्रबार

डोने जातिको ईतिहास र बर्तमान अबस्था  ः एक अध्ययन 

“बर्तमानका खलः(थर)हरु राई,राईदनुवार,दनुवार,डोने,राईदेवास राईडोने जेजे भने पनि उनी हरु सबै डोने जाति हुन् । ”

संबाददाता: यमन राईडोने

एकाइ एकः परिचयात्मक पक्ष ९क्ष्लतचयमगअतयचथ ब्कउभअतक०

१. परिचय तथा उत्पत्ति ९क्ष्लतचयमगअतष्यल बलम इचष्नष्ल०स् नेपालको दुन क्षेत्रको प्रमुख आदिबासी डोने जाति हो । यस जनजातिको मुख्य थरको रुप(महल)मा ‘राई,दनुवार,राईदेवास,राईदनुवार र राईडोने’ लेखाउने प्रचलन रहेका छन् । डोने जातिलाई नेपाली भाषामा‘राईदनुवार’ भन्ने गरिन्छ । यसर्थ,मातृभाषामा यस जाति समुदायका मानिसहरुलाई ‘राईडोने’ अर्थात् ‘राईदेवास’ भन्ने गरिन्छ । यस जातिको मातृभाषा लोप भएका सघनबस्तीहरुमा उनीहरुलाई ‘राई वा दनुवार’ मात्र भनेर चिनिन्छन् । उनीहरुले मातृभाषा बोल्ने गाउँबस्तीमा ‘राईडोने अर्थात् राईदेवास’ वा डोने मात्र भन्ने गरेको पाईन्छ । आफ्ना सजातिय मातृभाषा बोल्ने मानिसहरु वा समुदायबीचमा आफूहरुलाई परिचय दिदालिदा ‘डोन्याँ अर्थात् राईडोन्याँ’ भनेर मात्र संम्बाद गर्ने गरेका हुन्छन् ।

यी जातिका मानिसहरु मंगोल बर्णका हुन् र यीनीहरुलाई मंगोलाईड नश्लका भनिन्छ । यिनीहरुसंग आफ्नै मातृभाषा रहेका छन् । यीनिहरुका आफ्नै मौलिक परम्परा,संस्कार,संस्कृति,रीतिरिवाज,भेषभूषा खानपान आदि छुट्टै भएको जाति हुन् । अरु आदिबासी जनजातिभन्दा भिन्न संस्कृति भएको जनजाति हो । यो आदिबासी जनजातिको मातृभाषा ‘लोपजन्य तथा संकटग्रस्त’ अबस्थामा रहेको छ । मातृभाषामा कला–साहित्य सिर्जनाका लेख्यलिपिहरुका दस्ताबेजहरु प्रायःबिरलै मात्रामा रहेका छन् । यस जातिका भाषा,लोकसाहित्य तथा खोज अनुसन्धानमुलक पुस्तक औंलामा गन्न सकिन्छ । यी जातिको लोकसंस्कृति,लोकपरम्परा, लोककथा, लोकसाहित्य तथा जाति उत्पति,बिकास र लोकजीवनाचार्य पद्धति,बिधि र परम्पराजन्य इतिहासको बारेमा लेख्य दसी संस्कृति बिकासको पहिलो सुरुवात तात्कालिन हिमालय टेलिभिजनमा कार्यरत पत्रकार यमन डोने‘औलोबिजय’को ‘डोने भाषाक सिना शब्दकोष परिचय(२०७२)’ नामक पहिलो प्रकाशित पुस्तक रहेको मान्न सकिन्छ ।

यस जातिमा बिशेष पृथक प्रकारका मौलिक चाडपर्ब लगायत अनेकन आदिम संस्कार,संकृति तथा प्रथाजनित प्रचलनहरु रहेका छन् । यीनिहरु साह्रै अति सोझा सिधा आदिबासी जाति हुन् । यो जातिलाई छलकपटबिहिन र शान्तिप्रिय मानब समुदाय भन्दा फरक पर्दैन । यी जाति समुदाय ‘प्रकृति पुजक’ आदिबासी हुन् । प्रकृतिको पुजाआजा र प्रकृतिको निकटस्थ भाकल प्रचुरमात्रामा गर्ने गर्दछन् । तान्त्रिक र कथ्य परम्पराशैलीमा आफ्ना सबैखाले सांस्कृतिक चालचलन समापन गर्ने गर्दछन् । यी जातिसमुदायमा रोगभोकदोष नलागोस वा नपरोस भनि जल,जमिन,जंगलप्रति सधै आस्थाबान् हुने गर्दछन् । त्यसैले यीनिहरुलाई भूमिपुत्र,जलपुत्रभन्दा फरक पर्दैन ।

नेपालका यी जाति अन्य आदिबासी सरहभन्दा पृथक आदिम रैथाने जनजाति मूलबासी हो । यस जाति समुदायका मानिसहरुले ‘राईडोने अर्थात् राईदनुवार वा राईदेवास’ भनेर यो बर्तमान समाजमा परिचय बनाउदै आएका छन् । यिनीहरुका मूल थाकथलो मध्यपहाडी क्षेत्रका साना–ठूला उपत्यका,दुन,खोंच,टार र बेंशीफाँट नै हो । यीनीहरु सप्तगण्डकदेखि पूर्व क्षेत्रहुदै सप्तकोशी पश्चिमसम्मका सहायक नदी किनाराका दुन, खोंच,बेंशीफाँट,टार र साना–साना उपत्यका क्षेत्रमा बसोबास रहेको पाईन्छ । त्यसैगरी चुरेक्षेत्रदेखि उत्तरी भू–भाग र हिमाली काँखका जिल्लाहरुसहित महाभारत पाखरः(पहाड) शृंङ्खलाको फेदीक्षेत्रमा सघन(बाक्लो)बस्ती रहेको भेटिन्छ । यो जातिको पुर्खेईस्यो अर्थात् पुर्खा डोनेहाङले दुन क्षेत्रमा कबिला राज्यहरु स्थापित गरेका थिए भन्ने गरिन्छ । जसमा दुन क्षेत्रको शासन ब्यबस्था डोनेहाङ अर्थात् ‘डोन्याँ राजा’ले चलाएका किंबदन्तीका ऐतिहासिक लोककथाहरु रहेका पाईन्छन् । यस जातिको राजबिरासतको किंबदन्ती र लोकपरम्पराजन्य संस्कृतिका लोककथाहरु मिथक संस्कृति बनेर जातीय जीवन्त बनेका छन् ।

यो जातिले भारोप–भोटबर्मेली समिश्रीत मातृभाषा बोल्ने गरेको पाईन्छ । यसर्थ डोने जाति हाल दुन क्षेत्रका मुख्य तथा सहायक नदी खोला किनारा वा फाँटहरुमा रैथाने आदिम कृषि पेशा अपनाएर जीबिकोपार्जन गर्दै आएको भेट्न सकिन्छ । हाल यस जातिको मुख्य पेशा कृषिलाई लिन सकिन्छ । तन्त्रमन्त्र साधनायुक्त धामी,झाँक्री(म्हीझाराहाङ)तान्त्रिक शक्तिपीठको उपसना रहेको हुन्छ । र, यसरी नै लोकजीवनाचार्यसमेत बिताएका हुन्छन् । यलेखोम र वल्लो किरात क्षेत्रको मुख्य भूमिपुत्र भनेको डोने आदिबासीलाई मान्न सकिन्छ । त्यसैले डोनेहाङका सन्तानहरु हालका राईदेवास,राईडोने,राईदनुवार,अर्थात् दनुवार भन्ने थर सबै डोने जाति नै हुन् भन्ने भाषिक सांस्कृतिक बिश्वास गरिन्छ । र, यसमा दुईमत छैन । तर बर्तमान(अहिले)हेयको भाबमा एकथरी दनुवारलाई ‘अनुहार न दनुवार’ भन्ने लोकोक्ती नेपाली हिज्जेले हीनबोधजन्य सन्देश फिंजारिएको पाईन्छ । त्यसैले उनीहरु आपूmलाई मातृभाषामा डोने जाति मात्र भएको गर्ब गर्दछन् । बर्तमानको डोने जाति डोनेवारबाट अपभ्रंशहुदै एकथरी समुदाय वा एकबथान मात्र‘दनुवार’हुन गएको भन्ने पुष्टि डोने जानकारहरुको भनाई रहेका छन् । (डोने,यमन ‘औलोबिजय’, डोने भाषाकःसिना शब्दकोष परिचय,२०७२)

यो जातिको बसोवास नेपालको भित्री मधेश(दुन) तथा महाभारत पहाडका नदीको किनारामा रहेको पाइन्छ । नदी किनाराको होचो वा दून वा मैदानी भागमा बसोवास गर्ने भएकाले यस जातिलाई डोने अर्थात् डोन्याँ(राईडोने वा राईडोन्याँ) भनिएको हो । यस जातिलाई इन्द्रावती लरी(नदी)को तटीय क्षेत्रको प्राग्प्राचिनकालिन मानब अबशेषको सन्तान भनेर पनि चिनिन्छ । इन्द्रावती नदी किनारा र पाँचखाल उपत्यकाको टार,बेशीफाँटको फस्टमेन अर्थात् पहिलो आदिबासी जनजाति हुन् भन्दा फरक पदैन । धार्मिक,सामाजिक आस्थानुसार यो जाति(आदिबासी)पाशणकालिन तथा शिकारी युगका मानब समुदाय हुन् यस क्षेत्रको भन्दा फरक पदैन । बैदिककालका ‘म्हःठान र भीष्ठान’ साथमा मच्छिन्दलाई कुलदेब मान्दछन् । सो कारणबाट पनि पुष्टि गर्न सकिन्छ । पंञ्चतत्वलाई प्रकृति थान प्रतिस्थापित गर्दै देवताको रुपमा स्वीकार गर्दछन् । यीनीहरु भीष्ठान र म्हठानको उपसनाबाट तान्त्रिक बिद्याज्ञान र शक्ति प्राप्त गर्नेमा बिश्वास राख्दछन् । डोने जातिमा म्हीझाराहाङको तान्त्रिक बिधिबाट बैद्य कर्म गर्दछन् । प्रकृतिका पञ्चतत्व(आगो,पानी,माटो,बायु र आकाश) नै देबदेबी गण सम्झेर ‘डोनेश्वर थान अर्थात् प्रकृतिथान’ स्थापित गर्दै आएका आदिबासी हुन् । कुलपित्र ठान(थान) भ्हँडार÷भ्वदार (देवघर)का पीतृहरुलाई रक्षाकवजका लागि सधैं पुकार गर्ने गर्दछन् । डोनेश्वरलाई पीतृ सम्झेर मानभाउ गर्ने जाति नै डोने जाति हुन् । डोने जाति आफ्ना पीतृपुर्खाको पुजाआजा गर्ने एक बिशिष्ट तान्त्रिक आस्थाबान् भएको आदिबासी जनजाति मानब समुदाय हुन् । (डोने,यमन ‘औलोबिजय’, डोने भाषाकःसिना शब्दकोष परिचय,२०७२)

मानब उत्पति बिकासको आधारशिलाको नेपालका डोने जाति परापूर्बकालमा चिनको ह्रवाग नदिबाट बिकसित भएर प्रागपाषण कालिन समयमा भित्रिएको एक थरिको भनाई रहेको पाईन्छ । यीनिहरु मंगोलाईड नश्लका भएकाले तिब्बत भोटहुदै किरातकालिनपूर्ब शासन ब्यबस्था पहिला कबिला युगमा नेपाल प्रबेश गरेका थिए भन्ने भनाई रहेको छ । ग्रेटर नेपाल पूर्वकालिन समयभन्दा अगाबै आसाम दार्जिलिङको बाटो भएर कबिला युगमा यलेखोम उपत्यका प्रबेश गरेको हो भन्ने भनाई समेत रहेको छ । त्यसैले डोने जातिलाई दुन र उपत्यकाको पहिलो आदिम मानब समुदाय हो भन्ने पनि गरिन्छ । (ऐजन)
यस जातिको एक थरलाई बर्तमानमा दनुवार भन्दै आएको पाईन्छ । हाल नागरिकताको थर महलमा सबै डोने जातिले ‘राई,राईदनुवार,राईदेबास,दनुवार वा राईडोने ’थर लेख्ने गरेको भेटिन्छ । यो जाति नेपालको दुन क्षेत्रको सबैभन्दा पुरानो आदिबासी जाति हो । यस जातिको मातृभाषा अर्थात पुर्खाको भाषालाई डोने भाषा भनिन्छ । नेपाल डोने विकास समाज यस जातिको जातीय संस्था हो । डोने जातिलाई आदिवासी जनजातिको रुपमा परिभाषित(चित्रित)गरिएको पाइन्छ । यस जाति अति सिमान्तकृत जनजाति समूहमा पर्दछन् । यस जातिको सांकृतिक विशेषताका आधारमा केही मात्रामा नेवार,माझी र दराईको समूहमा निकट मान्न सकिन्छ । साथै,थोरबहुत भाषिक समानता पनि रहेको पाइन्छ । (ऐजन)

डोने जातिको पुरुष होचा, थेप्चे,पातला तर बलिया, गहुँगोरो,रातोबर्ण,श्यामस्वेत बर्णका,कालो केश,साना आँखा, चिउँडो गोलो, चौडा छाती, दारी जँुगा कम तथा पातला र केश सुईरो भएका हुन्छन् । त्यसैगरी महिलाहरुका शारिरीक बिशेषता बदामी आँखा, कालो केश,ठूला कान, माटा ओठ,केही थेप्चो नाक,गोला चेप्टो अनुहार,श्यामस्वेत तथा राता बर्णका हुन्छन् । हातगोडामा रौबिहीन,चिल्लाकाला छाला,सरदर साँढे पाँच फिट अग्ली र लजालु स्वाभाब भएकी हुन्छन् ।
डोने जातिको उत्पत्ति नै दुन क्षेत्रमा भएको स्पष्ट भन्न सकिने आधारहरु प्रसस्त रहेका छन् । शारिरीक बनौटले पनि डोने जाति मंगोल नश्लको नै हो । उनीहरु मतवाली बर्गको आदिबासी हुन् । यिनीहरुमा काजभोजका लागि म्होर,अण्डी र एैलारक्सी,माछा ,मासु,अण्डा अनिबार्य चाहिन्छ । जन्म–मृत्यु पर्यान्तसम्म तामसी र माछामांसु खानपान आहारबिहार अपरिहार्य चाहिने गर्दछ । उनीहरु सरल मिजासका र इमान्दार र झै–झगडा नगर्ने प्रवृत्तिका हुन्छन् । यस जातिको छुट्टै(आफ्नै) रीतिरिवाज संस्कृति, रहनसहन तथा संस्कार रहेको पाइन्छ ।

डोने जातिलाई कतिपयले ज्यापुनेवार,माझी,दराई,थारु र राईकिराँती नजिकको जाति भनेर चिनिदै आएका छन् । र, हाल सुचिकृत जाति दनुवारभित्रको एक थर डोने हो भनेर हौवासमेत फिजाएको भेटिन्छ । तर डोने जातिको थरको महलमा (दनुवार,राई,राईदनुवार,राईदेबास र राईडोने)लेख्ने प्रचलन छ । तर,यो जाति समुदायका मानिसहरु सुचिकृत दनुवार (मधेसे तराईको¬ कंर्नाटबशी÷सूर्यबंशी तथा द्रोणाचार्यको आर्य नश्ल स्वीकारेका(भएका)मधेशे वा तिरहुतिया बनौलीगढको (पुरादित्यसिंह राजपुत) लाई पुर्खा मान्दै आएका रजुवारबाट अपभ्रंश हुदै दोनबारबाट दनुवार भएका (मधेशे रजहन रजुवार जनैधारी (मधेशीदनुवार) बिशेषतः सप्तरी,सिराहा,धनुषा,महोत्तरी,बारा पर्सा र रौतहट लगायत क्षेत्रका तराईमधेशका )जाति समुदाय(थारुदल्वार(दनुवार) र रजहनदनुवार(दोनबार) भन्दा फरक जातजातिका आदिबासी जनजाति समुदायका हुन् ।

नेपालका जात जातिका थर लामा,चौधरी,दनुवार,माझी,सिंह,घर्ती,घले, थापा,राना,राई,घिमिरे,ठाकुर आदि लगायतका थरहरु बिभिन्न जात जाति सम्प्रदायको मानिसहरुको जात र थर दुबै भएका फरक फरक संस्कृतिका जातजाति रहेका छन् । त्यसैले डोने जातिको थर ‘राई र दनुवार भनेका÷लेखेका जाति पनि एउटै जातजाति आदिबासी जनजाति होईनन् । ‘आदिबासी दनुवार’ नामक नथुननी सिंहको पुस्तकमा दाबी गरे पनि उनीले लेखेको किताबमा डोने आदिबासीका लागि सत्यता पुस्तक होईन,भ्रम पुस्तक मात्र हो । त्यसैगरी रामदेब राय दनुवारले लेखेको अर्का पुस्तक ‘दनुवार जातिको ऐतिहासिक रुपरेखा’ नामक पुस्तकमा पनि लेखे मुताबिक दनुवार थरका मानिस आर्य,द्रोणाचार्यका सन्तान र हरिसिंह देबका सन्तान होईनन् । त्यसैगरी अर्का अबधेश सिंह र सुनिल सिंह(दनुवार)ले आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानद्धारा सहयोगार्थमा लेखिएका दनुवार जातिको बारेका एन्थ्रोग्राफी पुस्तक डोने जातिको ‘दनुवार थर’ स्वीकार गरेका भाषा संस्कृतिको पुस्तक होईनन् ।

डोने जातिको एक थर ‘जो दनुवार, न आर्य हो,न त सिम्रौनगढका राजा(नान्यदेब,गंगादेब,शिबदेब(शक्तिदेब) र अन्तिम राजा हरिसिंह देबको सन्तान नै हो । न त हरिसिंह देब नै दनुवार हो, सिम्रोनगढको इतिहासमा दनुवार राजा कतै भेटिदैन तर हावादारी भाष्यमा कपोकल्पीत कथाले राजपाट सन्चालन ब्यबस्थाको इतिहास मान्न सकिदैन ।’ पुस्तकका लेखक ‘सिंह र राय’ को आर्य नश्लको जाति दाबी गरेता पनि डोने जातिको प्रचलित एक थर दनुवार आर्य होईन र बनौलीगढका राजा राजपुत आदित्यसिंहको सन्तान पनि होईनन् । बिद्यापतिको लिखनावली पुस्तकमा दनुवार जाति भनेर उल्लेखित भेटिदैन । द«ोणवार र ओईवार,भूमिवार वा भूईहार भनि भेटिन्छ । तर दोनबार र दनुवार शब्द कहिकतै भेटिदैन । जो मैथिल आदि महाकबि बिद्यापति ठाकुर ब्राम्हण हुन् जो,जो ठाकुर हजाम लौवा थिएनन् । राजा पुरादित्य सिंह राजपुत थिए । उनैका दरबारीया कबि ठाकुर थिए । ‘सिंह र राय’को पुस्तक भनेको लाटोको देशमा गाँडो तन्नेरी अर्थात् राँडको देशमा साँडको राज्य भने जस्तो इतिहासले साबिती न्याय पाउदैन । दुनको पहिलो जाति डोनेको एक थर दनुवार मंगोलाईड नश्लको हो । यो डोने जातिको आफ्नै मौलिक भाषा, संस्कृति, संस्कार आदिमकालिन रहेको पाइन्छ । यसलाई कसैले नामेट पार्न सक्दैन । (डोने,यमन ‘औलोबिजय’, डोने भाषाक सिना शब्दकोष परिचय,२०७२)

प्राचीन समयदेखि नै काठमाण्डौ उपत्यकाको डुकुछापमा डोने जातिको बसोबास रहेको थियो । तात्कालिन मच्छिन्द्रनाथको समयमा आसामको कामरुक कामोक्षमा डोने म्हीझाराहाङ अर्थात झाँक्रीले भमराको रुपमा ल्याएको र डुकुछापको काटपारदह (कटबाल दह) बाट मच्छिन्द्रको अलप भएको डोने जनश्रुति रहेको छ । मच्छिन्द्रनाथलाई उपत्यका भित्राउने तान्त्रिक गुरुमध्ये म्हीझाराहाङ एक धामी डोने पनि थिए भन्ने गरिन्छ । मच्छिन्द्रलाई सहकाल देबता मानिन्छ । त्यसैले मच्छिन्द्रनाथलाई नयाँ अन्नबाली नचढाएसम्म डोने जातिले खादैखादैनन् । उही तान्त्रिक मानिसका सन्तान दरसन्तान हालको डोने जाति हो भन्ने किंबदन्ती रहदै आएको छ । तन्त्रमन्त्रको चलखेललाई हालको डुकुछापको डोने जातिमा आस्थाभाब देखिन्छ । तान्त्रिकबैदिक पुष्टि यो जातिमा हालसमेत पाउन सकिन्छ । त्यसैले मच्छिन्द्रनाथको प्राचिनतम् बिधी अपनाउने गरेको भेटिन्छ । डोने जाति मच्छिन्द्रको सन्तान हो भन्ने भनाई बर्तमानमा पनि सुन्न पाईन्छ । तर,कतिपय डोनेहरुले मच्छिन्द्रको मावली सन्तान हौ भनेर स्वीकारगर्दै आएको पाईन्छ ।

यो आदिबासी यलेखोमको चारसुर वा वरीपरीका जिल्लामा बसोबास रहेको पाईन्छ । मच्छिन्द्रनाथ उपत्यका बाहिर नभागोस भनि तान्त्रिक पहरेदारको रुपमा बसेको र उनीहरुका सन्तानहरु नै बर्तमानको काभ्रेपलान्चोक, सिन्धुपालचोक, मकवानपुर,नुवाकोट र धादिङमा छरिएर रहेको मानिन्छ । यी क्षेत्रहरुमा बसोबास गरेका बर्तमानका राई,राईदनुवार,दनुवार,डोने,राईडोने जेजे भने पनि उनीहरु सबै डोने हुन् भन्ने गरिदै आएको छ ।

ती क्षेत्रमा उनीहरुका एउटै भाषा,समान सांस्कृतिक परम्परा,शारिरिक बनौट पीतृकर्म सबै लोकसंस्कारसंस्कति,लोकजीवन,भेषभूषा खानपान, बिहेबारी नाताकुम्बेरी सबैका हुबहु मेल हुँदा एउटै जाति भनेर मान्दा फरक पदैन । मातृभाषामा सबैले डोने भएको स्वीकारगर्दै आएका छन् ।

कालान्तरमा राज्य बिस्तारको लडाई र भु–आक्रमणकारणले यलेखोम र वल्लोकिरातबाट माँझकिरात,पल्लोकिरात भूमिमा फैलिएर बसोबास गर्दै आएका छन् । नेवा र ताम्सालिङ क्षेत्रहरुमा आदिम रैथाने जातिको रुपमा डोने जाति रहेको पुष्टि हुन्छ । सोही क्षेत्रहरुबाट सिन्धुलीको मरिण,उदयपुरको रिस्कूकटारी,त्रियुगा हुदै बसाईसराँइले सुनसरी,मोरङ र झापा लगायतका जिल्लाहरुमा बसोवास रहेको पाईन्छ । डोने जाति पूर्बी क्षेत्रमा राईदनुवारले परिचित रहेको पाईन्छ । (डोने,यमन ‘औलोबिजय’, डोने भाषाकःसिना शब्दकोष परिचय,२०७२),

२. थरहरु ९ऋबकतभक०स् नेपालको डोने जातिभित्र उपजाति वा समुदाय ‘राईदनुवार,राईदेवास,दनुवार र राईडोने’ भन्ने प्रचलन छ । जसमा यी सबै उप जाति सम्प्रदायले राई र दनुवार थरहरु भन्ने गरेका छन् । डोने जातिमा दनुवार थर मात्र राख्दा जागिर पाउन कठिनाइ भएको हुनाले नुवाकोट, मकवानपुर, ललितपुर,भक्तपुर र सिन्धुली मरिणमा बसोवास गर्ने डोने(राईदनुवार) जातिका मानिसहरुले आफ्नो थरमा राई मात्र लेख्ने गरेको उल्लेख पाइन्छ । यो समाजले दनुवारलाई तल्लो दर्जाको थरको रुपमा हेर्ने गरेकाले पनि उनीहरुले आपूmलाई राईडोने (राईदनुवार) वा राई भनेको उल्लेख पाइन्छ । त्यसो त डोनेहरु जहाँ जहाँ बसोवास गर्दछन् त्यसै ठाउँको नामको थरले उनीहरु चिनिने गर्दछन् । डोने जातिमा खलःखाल अर्थात् बंशज्खालखलकले फरक खलः(थर) जनाउँदछ । जसमा विविध खलःहरुको नामबाट बसोबास्थानको नाम हुन गएको छ । डोने जातिको खलः(थर)को नामकै आधारमा सघन टोलबस्ती रहेका छन् । जसले छुट्टाछुट्टै बंशजका परिचय दिएका हुन्छन् । तर भूगोल स्थानका नामनुसार खलः अर्थात् खाल(थर) छुटिएको भन्नेहरुका मतसमेत रहेको पाईन्छ । यो जातिको बैबााहिक आधारशिला पनि खलःथर अनुसार हुने गरेको पाईन्छ । खलःको पहिचान गरि वा केलाई बिबाहबन्धन अर्थात् बैबाहिक रीतभात चलाउने प्रचलन निकै पुरानो छ । खलः वा बंश पहिचान फरक गरि परम्पराजन्य कुटुम्बेरी सांस्कृतिक बिबाह गर्ने गरेको पाईन्छ ।

यसैले डोने जातिको खलः(बंश)वा खाल(थर) बाघौले ,कोदारहाङ,पाङ्ल,खट्टारे,बट्टारे,खहरेगाउँले,कोदारे,सीपाली,जरटारे, आमटारे,पाङाल्टार,ेबोकल्टारे,देवास,खामपुरे,रामपुरे,पाँचखाले,तामागारे,झिङनटारे,झिम्टारे,,खाम्पुर,ेमाडीगाउँले,पिपलटारे,देउथाने,सातथारे,खरेली,खरेटारी,डुमनटारे,डुमनपाउरे,गरखारे,फेरिगाउँले,घर्ती,जैंसिरे,जयसी,खामटारी,ठकुराली,झरेली,बाँऊन,भ्हःदारेली,पाँःने,भ्हँनारी,भ्हीमटारे,भीष्ठाने,म्हःठान,माथाने,ओजेटारे,विरन्टारे,भैयसेली,भूईसेरी,टारीगाउँले,बटारे,लब्दुवाली,डाँडाघरे,डाँडागाउँले,कमलटारे,सिपाली,गैरेली,अर्नाली,गर्खाली,फर्सेली,सेहराली,शेराली आदि खलःवा खाल(थर) हुन् । जसमा राईदेवासहरुले माथिका खलःहरुमा राई जोडी कोडारराई, पाङलराई,जटारराई,कोदारहाङराई खाम्पुरराई आदि भनेर लेख्दै आएका छन् । त्यसैगरी राईदेबास, राईदनुवार र राईडोनेको मुख्य बंशखलःभित्र हाङखलः,दुधखलः,मूल्हखलःहाडखलः,माँसेबासेखलः ५ खलः हुन्छ ।

त्यसैले डोने जातिको लागि पाँचखाल एक आदिम क्षेत्र हो । जसमा डोनेहाङले शासन गरेको भन्ने जनश्रूति रहेको छ । पुर्खा डोनेहाङ(डोनेराजा)का ५ छोराहरु थिए । उनीहरुले पाँँचखाललाई शक्तिकेन्द्र बनाएर शासन गरेका थिए भन्ने एक थरीको लोकभनाई रहेको छ । त्यसैगरी अर्का थरीले पाँचखालबाट ५ दाजुभाई मध्ये ४ भाई चारशुरका नाकाहरुमा खटिएको थिए भन्ने लोक आस्था छ । जस अनुसार अलिखित किंबदन्ती र लोककथालाई आधार मान्ने हो भने पनि हाल डोने जाति ललितपुर,धादिङ,नुवाकोट,मकावनपुरमा सघन बस्तीका रुपमा पाईन्छ । उनीहरु ५ भाईकै सन्तानहरु बिभिन्न स्थानहरुमा सामाजिक,राजनीतिक,आर्थिक,सांस्कृतिक र भाषिक रुपमा छरिएर वा साना साना बथान समुहमा दुन,उपत्यका,बेशी,खोंच तथा टारहरुमा बिस्तारित हुदै गएको आदिबासी जाति हुन सक्ने पुष्टि रहेको छ । कबिलाकालिन तथा बैदिक युगदेखि कालान्तरपछि उनीहरुको बर्तमान अबशेष भाषिक र सांस्कृतिक आधारशिलामा ‘राईदेवास र राईडोने’अर्थात् राईदनुवार एउटै सांस्कृतिक र भाषिक खालखलः(नश्लबंश)का सन्तान हुन् भन्ने दुईमत छैन । ‘औलोबिजय’डोने यमन,डोने भाषाकःसिना शब्दकोश परिचय(२०७२),

सांस्कृतिक आधारमा डोने बंश वा खलः खालहरु ललितपुरको गोदाबारी नगरपालिका डुकुछाप,काभ्रेपलाञ्चोकको पनौती,पाँचखाल,मन्डनदेउपुर,सिन्धुल्चोकको इन्द्रावती,मेलम्ची,नुवाकोटको लिखु,बिदुर,बेलकोटगढी,धादिङको धुनीबेशी चितवनको मुग्लिङ, गजुरी, मकवानपुरको राईगाउँ,हेटौडा लगायत पालिका आदि क्षेत्रहरुमा सघन राईडोने बस्ती बसोबास रहेको पाईन्छ । संघीय राजधानी काठमाण्डू उपत्यकाको चौतर्फी घेरेको जिल्लाहरुमा डोने(राईदेवास)अर्थात् राईडोने जातिको उल्लेख्य बस्ती रहेको छ । तर सो क्षेत्रहरुमा १२ औं राष्ट्रिय जनगणनासम्म आउँदा जातजाति र पुर्खाको भाषा, मातृभाषाको सुचि वा महलमा ‘राई’ र ‘दनुवार’ जातिमा कित्ताकाँट हँुदा डोने जातिको जनसांख्यकी नगन्य वा तथ्यांकामा बिलुप्त वा अल्पसंख्यक भएको मान्न सकिन्छ । त्यसैगरी सिन्धुलीको मरिन,हरिहरपुगढी र उदयपुरको रिस्कूकटारी ,त्रियुगा पालिकामा सघन राईडोने(राईदनुवार) डोने जातिको बसोबास क्षेत्र भएता पनि १२ औं जनगणनानुसार अल्प भएको पुष्टि गर्न सकिन्छ । (परिवर्तन सामुदायिक अध्ययन केन्द्र(सिसिएलसी)प्रतिबेदन,२०७८) र नेपाल डोने बिकास समाज केन्द्रिय कार्यालय पाँचखाल,काभ्रे (२०७८) ।

१२ औं जनगणना अनुसार डोने जातिको जातिय बिबरण निम्नानुसार भएको पाइन्छ ।
जनगणना वर्ष पुरूष महिला कूल संख्या र प्रतिशत
२०७८ (२०२१) १,०११ १,११४ २,१२५ (०.०१)
स्रोतः १२ औ राष्ट्रिय जनगणना २०७८

भाषिक आधारमा
जनगणना बर्ष(२०७८) पुर्खाको भाषा (प्रतिशत) मातृभाषा
३५१९ (०.०१) ३१०० (०.०१)

स्रोतः १२ औ राष्ट्रिय जनगणना २०७८

एकाइ दुईः सांस्कृतिक तथा सामाजिक पक्ष ९ऋगतिगचब िबलम क्यअष्ब िब्कउभअत०

२.१. धर्म तथा संस्कार ९च्भष्निष्ल बलम च्ष्तगबकि० स् डोने जाति विशुद्ध प्रकृति पुजक भएकोले यीनीहरु प्रकृतिका पुजा भक्तिभाव राख्दछन् । प्रकृतिथानका सिमेभूमेमाई सम्झि भाकल पूजा–प्रतिष्ठा तथा कतिपय सांस्कृतिक अनुसष्ठानको अवसरमा पंन्चबली(हाँस,कुखुरा,परेवा बोका÷भेडा र राँगा र बोका) दिने गर्दछन् । उनीहरु भगवान् डोनेश्वर, मच्छिन्द्र,भीष्ठा,म्हठानका लरीमाई,वनमाई,कर्कटोक लगायत प्रकृतिमाई थानथानी स्थापना गरि पुजा आजा गर्दछ । साथै उनीहरु भ्हःडारको बायोपितृ सदा पुकार र मानभाउँमनितो औंधी रुपमा गर्ने प्रचलन रहेको छ । बिशेषतः यीनिहरु जलजमिन जंगलप्रति अन्योन्यास्रित संम्बन्धका साथ श्रदाभक्तिभाबमा प्रकृतिमाईथानको स्थापना गरि मान्ने प्रचलन मौलिक सनातन रहेको छ ।
बसोबास क्षेत्रमा भीष्ठान,म्हःठान,बाघेश्वरी,बनकाली प्रकृतिमाई थान स्थापित गर्दै आएको पाईन्छ । यस जातिमा प्रत्येक गाउँमा भीष्ठान र म्हःठान प्रकृतिदेवताको स्थापना गरी शक्ति स्वरुप पुजा अर्चना गर्ने गर्दछन् । जसलाई माईथान वा प्रकृतिथान भन्दछन् । घरभित्र विशेष स्थान भ्वःदारमा पितृदेवता र चुल्होमा भीष्ठान साथै कुलबंशदेवताको रुपमा डोनेश्वर थानीको स्थापना गर्दछन् ।

कुल वा खलः(खाल)बाईपुजामा रक्तबली चढाउने र पितृलाई आलो(जीउँदो) माछा, जिराङ(अदुवा)अनिबार्य चढाउने प्रचलन सनातन रहदै आएको छ । हाल भाकलबली पुजा नगर्नेले लड्डू, चन्दन,सिन्दूर,फूलपाती, ऊनधागो आदि रातो रङध्वँजा वा सेतो चामल चढाउने गर्दछन् । यस जाति प्राचीन प्रकृतिपूजक भएकाले आफ्ना रीति तथा चाडपर्र्वहरुमा प्रकृतिक स्वभावहरु देख्न सकिन्छ । बिशेषगरी जलजमिनजंगल, सिमेभूमे,बागेश्वरी लरीमाई,अन्नबालीको पूजा गर्दछन् । डोने जातिमा झारफूक तथा ओखतीमूलो गर्नेलाई ‘म्हीझाराहाङ’ भनिन्छ । बिज्वाँः(धामी)मा ठूलो तान्त्रकि मन्त्रका शक्ति रहेको विश्वास गर्दछन् ।

मृत्यु संस्कारमा ज्वाइँ तथा भान्जोद्धारा शुद्धकर्म गर्दछन् । बेशीकर्म (पीण्ड) अन्तिम कर्म हो । बेशीपीण्ड यो जातिको पहिलो र अन्तिम कर्म हो । यो एकपटक गरेपछि दोहोराएर पीण्डकर्म हुदैन । नदीकिनारामा गएर दिनुपदैन । पूर्व माँझ किरात र पल्लो किरात क्षेत्रको डोनेहरु लरी पुजा अर्थात् सप्तकोशी पुजा गर्दछन् । घरभित्रको म्हःठान र भीष्ठा र मच्छिन्द्रलाई कुलखलःदेवता र बाहिरका सबैभन्दा मुख्य बनदेवता र नागदेबतालाई मान्दछन् । खलःदेवतालाई घरको तीन ढुंगे चुलो वा सामुन्नेमा थानी राख्दछन् । इस्टबनदेबीले राईडोने गाउँलाई बचाउँने विश्वास गर्दछन् । शक्तिपीठको रुपमा इष्टदेब कालभैरबलाई पनि पुजा गर्दछन्

पूजाआजाः डोनेहरु कुनै पनि प्रकारको प्रकृतिप्रकोप,विपत्ती वा महामारी प्रकोप फैलिएमा सिमेभूमे स्थानको नाग पुजा वा भीष्ठान र म्हःठान ,बनदेबी,जलमाई जाल्पादेबी(लरीमाई )देवताको पूजाआजा गरी बिपद्बाट बच्ने विश्वास राख्दछन् । प्रत्येक समस्याहरुमा प्रकृतिमाई थानका देवीदेवताहरुलाई पुकार्दछन् । चाडपर्र्वका पाकपरिकारमा तीनचुला अगेनामा अग्नीदेबलाई मानभाउ शिरोधार विधिले पुजा गर्दछन् । पूजाआजा तथा संस्कारहरु सम्पन्न गर्दा आफ्नै जातिको धामी,ज्वाइँ वा भान्जाद्वारा कर्म गराउँदछन् । कृषि बाली लगाउँदा होस वा ,फसल उत्पादन वा थन्काउँदा मच्छिन्द्र देवतालाई चढाएर नयाँ बाली खाने प्रचलन रहेको छ । मच्छिन्द्र नाथलाई चढाएर न्वाँगी पुजा गरि शिर उभाएर नयाँ अन्नपात भित्राउने र खाने गरिन्छ । यस पूजामा सालधुप,सिन्दुर,दुवो,चामल अक्षेता,अण्डी,एैला तेल,घिऊ, सिरुबात्ती,लड्डू, खप्राकपीठा(रोटी) पानसुपारीसाथै केराको डम्चासहित टोटेलोको शुद्ध फूल प्रयोग गर्दछन् । पञ्चतत्वको बिश्वास गरि वा प्रतिमूर्ति सम्झेर विभिन्न देवीदेवताहरुका पुजा गर्दछन् । कुलदेवतालाई मुख्य देवताको रुपमा मान्दछन् । कुलदेवतालाई आफ्नो वंशबाहेककाले नदेखुन् भन्ने चाहन्छन् । र,घरमुलीले मात्र मानभाउ गरि पूजा गर्दछन् । बायोपितृ पूजाको प्रसाद बिहे गरि पठाएका छोरीचेलीले समेत ग्रहण गर्न नहुने प्रचलन रहेको छ । कुल रक्षाका लागि वंशरक्षा प्रसाद अरूलाई खान दिदैनन् । प्रत्येक परिवारले वर्षमा एक पटक प्रकृति माई शक्तिदेवीको पूजा गर्दछन् । उनीहरु खोला,नदीनाला तथा खेतबारीको गरा तथा डिलमा बासको लिङ्गो,अमलाको सिख्रो,ढुङ्गामाथि सिन्दुर फूलपाति चामल र भाँकलको अनुसार पशुपंक्षी बली चढाउने गर्दछन् । बैशाख पूर्णिमा वा नबरात्रमा बायोकुल पुर्दछन् । प्रकृतिदेवीलाई परेवा,हाँस, कुखुराको भाले, डीमा(अण्डा)पाठापाठीद्वारा पूजा गर्दछन् । सिमेभूमे र गाउँबस्तीमा महामारी रोग ब्याद नलागोस,सहकाल रहोस भन्दै प्रकृतिदेबी थानमा धामीझाँक्रीको अगुवाईमा चैतमा पाठी बलि दिएर सेतो मच्छिन्द्रनाथको पुजा गर्दछन् ।

बैशाख पूर्णिमाः प्रकृति थान (चण्डिथान)को पूजा भव्य रुपले मनाउँछन् । यस दिन कुलदेवताको पूजाआजा गर्दछन् । तर पूजाआजाको प्रसाद भने अन्य खलः वंशले खान हुँदैन् । डोने जाति प्रकृतिक धर्मावलम्बी भएकाले यीनीहरु प्रकृतिमाईदेवी, भीष्ठान(भीमसेन) म्हःठान(महादेब)लाई मान्दछन् । पीतृलाई म्हँःर(जाँड)एैला (रक्सी) माछामासु,फलफूल,डीमा,अदुवा चढाउँने गर्दछन् । जाल्पामाई वा लरी पुजा गर्ने प्रचलन रहेको पाईन्छ । प्रकृतिमाई खुशी पार्नका लागि पन्चभोगबली दिने गर्दछन् । यी जाति बिभिन्न आकारप्रकारका शिलापत्थर,ढुंङ्गाका प्रतीकलाई देबताको रुपमा मान्दछन् । तर कुनै मठमन्दिर,चैत्यगुम्बा बनाउँदैन । गाउँघर नजिकैको बिभिन्न प्रजातिको रुखबिरुवामा थानी बनाउने र पुजा गर्ने प्रचुर मात्रामा चलन रहेको पाईन्छ । यी जातिले प्रायः मानब निर्मित देबदेबीमूर्ति तथा डिजिटल काल्पनिक तस्बीरजन्य देबीदेबताको फोटा थानमा राख्ने चलन छैन । शिलापत्थरलाई प्रतिमा स्वीकारेर पुजाआजा गर्ने र सालधुप,तीतेपाती धुप, भीमसेनपाति चढाउँने गर्दछन् ।

भीष्ठान(भीमसेनथान)पूजाः भीष्ठा अर्थात् भीमसेनलाई खोला नदीको तीन ढुंगा उठाई देवताको प्रतीक रुपमा मान्दछन् । मंसीरेक पुर्ना,चैंतक पुर्णा वा अष्टमी (कालरात्री)मा कूल देवताका रुपमा भीष्ठालाई पूजा गर्दछन् । जसमा बोका,भेडा,हाँस भाले,परेवाआदिको बली दिने प्रचलन रहेको छ । एैलारक्सी मोँर ,सिन्दुरअबिर,सेतो चामल धूँप अक्षताले छर्की पर्सीएपछि मार वा बली दिने गर्दछन् ।

भराल (भ्वःदार÷खलःथान) पुजा ः खलःदेवताको पूजालाई डोने÷राईडोनेहरुले सबैभन्दा ठूलो पूजाको रुपमा लिन्छन् । उनीहरु कुल(खलः)देवतालाई चुलोको अगाडि घरको भित्तामा राखिन्छ । सानो घर थान थानीजस्तो बनाएर सुरक्षित रुपमा राख्दछन् । सुरक्षित कुना,चोटा वा माथिल्लो तलमा राख्दछन् । घरमुलीले वर्षमा एक पटक कसैले बैशाख पूर्णिमा गर्दछन् । र,कसैले दसैको अष्टमीको दिन पूजा गर्दछन् । घरमुलीले नबोलीकन कसैलाई नछुइ पानी ल्याउछन् । आफ्नो खलःवंशजबाहेक अरूलाई प्रसाद खान नदिने र खाएको बेला नबोल्ने चलन छ । विवाहित छोरी कुटुम्बहरुले यस पूजामा जान नहुने भनाइ छ । (डोने यमन, डोने र डोने, पूर्ववत्ः४३) यो पूजामा घरबाट ३ दिनसम्म घरको कुनै पनि सामान बाहिर नलैजाने चलन भएपनि हाल केही खुकुलो छ ।

चण्डी पूर्णिमा पूजाः डोने जातिले चण्डीपूर्णिमाको अवसरमा भिमसेन, भगवती, बालकुमारीको भव्यताका साथ पूजा गर्दछन् । बारीको छेउमा ढुंङ्गा गाँडेर देवता मानेर कसैसँग नबोली चोखो खाएर भालेकोे बलि दिएर पूजा गर्दछन् । त्यसको भोलिपल्ट चेलीबेटीलाई भोज खुवाउछन् ।

भूमि पूजाः डोने जातिका मानिसहरु भूमि तथा सिमेभूमेलाई आफ्नो इस्टदेवताको रुपमा मान्दछन् । उनीहरु बारीमा मकै छर्नुअघि चैत महिनाको पूर्णिको दिन बारीमा पूजा गरेर अण्डा फुटाएर बारीमा नै पकाएर खान्छन् ।

संसारे पूजाः संसारे पूजा गर्नाले रोगव्याधि नाश हुन्छ भन्ने विश्वासका आधारमा भदौको शनिबार बारीको छेउको रुखको फेदमा हाँस वा कुखुराको बलि दिएर पूजा गर्दछन् ।
दुर्लूङ्ग पूजाः आफ्ना पशुहरुको सुरक्षाको लागि वर्षको एक पटक बिहीबारको दिन पारेर दुर्लुङको पूजा गर्दछन् । दुर्ल(बन) र लुङ(ढुंगा) बनढुंगालाई धामीधमिनी (बिजुवा झाँक्री)को प्रतीक मानेर रोटी, मासु, च्यूरा, चढाएर पूजा गर्दछन् ।

आइतबारे पूजाः प्रत्येक वर्ष चैत्र र मंसीर महिनाको एउटा आइतबारका दिन पूजा गर्दछन् । चिलाउने र सखुवाको रूखको फेदमा आइतबारे देवताको रुपमा पाठारलुङ स्थापना गरी कुखुरो पूजा गरी बारीमा नै पकाएर खान्छन् । यो पूजा प्राय मंसिर,फागुन र चैतमा गर्नुपर्दछ । (पूर्ववत्)
संस्कारहरु ९च्ष्तभक बलम च्ष्तगबकि०
डोने जातिको आफ्नै मौलिकपन, रहनसहन, संस्कृति ,संस्कार तथा पहिचान रहेको छ । यस जातिमा प्रचलित संस्कारहरुको संक्षिप्त विवरण निम्नानुसार रहेको पाइन्छः (डोने यमन २०७२,डोने र डोने, पूर्ववत्ः३८–४०)
जन्म संस्कार ९द्यष्चतज ऋभचझयलथ०स् डोने (राईदनुवार) जातिमा सुत्केरी गराउने काम घर तथा अस्पतालमा हुनेगर्दछ । घरमा सुत्केरी गराउँदा अनुभवी महिलाको सहयोगमा गर्दछन् । सालनाल काट्ने तथा बालकलाई मनतातो पानीले नुहाइदिने गर्दछन् । वर्तमान समयमा भने शिक्षाको कारणले गर्दा चेतनामा बृद्धि भएको हुनाले महिलाहरु सुत्केरी हुन अस्पताल जाने गर्दछन् । यसबाट आमा तथा बच्चाको सुरक्षा, स्वास्थ्य तथा सफाइका सबै कामहरु अस्पतालबाट नै गरिन्छन् । (डोने यमन २०७२,डोने र डोने)

नामकरण संस्कार ९ल्बmभ न्ष्खष्लन ऋभचझयलथ०
डोने (राईडोने) जातिमा बच्चा जन्मेको बिजोर दिन पारेर(३,५,७) दिनमा आफ्नो अनुकूलतामा सूतक चोख्याउँछन् । यसका लागि बिगतमा नाऊ(नापित) बोलाएर नङ काटेर पालिस लगाएपछि सूतक चोखिने चलन भएकोमा हाल कुटुम्बले सुनपानी छर्केर चोख्याउँने गर्दछन् । साँझमा घरको ज्येष्ठ सदस्यले चामल काँसको भाँडोमा राखेर दुई हातले उचाली बच्चाको मुखमा लगेर चुक्क आवाज निकालेर ३ पटक चुमाउँछन् । उहिले यस विधिपछि बच्चा जन्मेको बारका आधारमा नाम राख्ने चलन छ । हाल परिबर्तनले छोपेको छ । यसपछि सबैले भोज खान्छन् । (ऐजन)
पास्नी संस्कार ९च्ष्अभ ँभभमष्लन ऋभचझयलथ०
डोने (राईदनुवार) जातिमा छोरीको ५ र छोराको ६ महिनामा पास्नी वा भात ख्याउनी संस्कार गर्दछन् । यस दिन विशेष गरेर मामामाइजुलाई निम्तो गरी खीर, माछा, मासु आदि खाद्यपदार्थहरु ३ पटकसम्म बच्चाको मुखमा लगेर खुवाएजस्तो गरी पिपलको पातमा राख्दछन् । यसपछि बिजोर संख्यामा मामामाइजुले खुवाउँने चलन छ । आमन्त्रित सबै जनाले भोज खाएर रमाइलो गर्दछन् । (ऐजन)

छेवर संस्कार ९ज्बष्च क्बखष्लन ऋभचझयलथ०
डोने जातिमा सामान्यतया बिजोर वर्षमा बारतिथीको साइतअनुसार छेवर गर्दछन् । यस अवसरमा घरपरिवार, मावली, आफन्त, छरछिमेकी सबैलाई निम्तो गरिन्छ । निम्तालुहरुबाट पनि विविध काममा आवाश्यक सरसहयोग गर्दछन् । यस संस्कारमा घर पक्ष तथा मावली पक्षबाट बेग्लाबेग्लै नाङ्लोमा मकै, धान, सुन,खप्राक पीठा , तेलराटी फलफूल, मिष्ठान्न राखेर दियो बालेर गोठ÷आँगनमा राख्दछन् । मामाले कपडामा दूबो र पैसा भान्जाको टिक(टुप्पीमा बाँधेर मामाहरुले पालैपालो कपाल खौरेर नयाँ कपडा लगाइदिएर दक्षिणा प्रदान गर्दछन् । आमन्त्रित सबैले भोज खाएर रमाइलो गर्दछने । नातेदारहरु नआएसम्म कम्तीमा पनि एक हप्तासम्म भोज चल्दछ । (डोने यमन २०७२,डोने र डोने, पूर्ववत्ः३९)

गुन्यू चोलो ९न्गलनथग अजययि ऋभचझयलथ०
डोने जातिमा गुन्यू चोलो संस्कार गर्दा छोरीलाई बेहुलीजस्तै नयाँ कपडा तथा गरगहनाले सिंगारेर बाबुआमाले टिको लगाएर उपहार तथा दक्षिणा दिन्छन् । यस संस्कारमा मावली पक्ष आफन्त तथा छरछिमेकीलाई पनि निम्तो गर्दछन् । आमन्त्रितहरुले पनि टिको लगाएर इच्छाअनुसार उपहार तथा दक्षिणा दिनेगर्दछन् । भोज खाएर नाँचगान गरी रमाइलो गर्दछन् ।
जन्मदिन ९द्यष्चतजमबथ ऋभचझयलथ०
डोने जातिमा जन्मदिन मनाउँने चलन भरखरै मात्र भित्रिएको हो । यस अवसरमा केक काटेर जन्मदिन मनाउँछन् । यस अवसरमा आफन्त तथा इष्टमित्र भेला भएर खानपिन तथा नाचगान गरी रमाइलो गर्दछन् ।

विवाह संस्कार ९ःबचचष्बनभ ऋभचझयलथ०
डोने जातिमा विवाहको आफ्नै परम्परागत विधि रहेको पाइन्छ । यस जातिमा भरसक नजिकैको गाउँमा विवाह गर्न चाहन्छन् । खलः (खाल) फरक पारेर विवाह गर्दछन्, अन्तर्जातीय विवाह गर्दैनन् । मागी विवाह खर्चिलो र समय पनि धेरै लाग्ने हुनाले आर्थिक अवस्था कमजोर भएकाले अन्य खालको विवाह गर्न चाहन्छन् तर धनीहरु भने प्रतिष्ठाको विषय बनाएर मागी विवाह नै गर्न रूचाउँछन् । बाल विवाहको चलन प्रायः हटिसकेको छ । यस जातिमा मागीविवाह, प्रेमविवाह, भागीविवाहले जरा गाडेको छ । पहिले भागेर विवाह गर्नेबाट पनि पछि कोशेलीख्वाँ(कोसेली खाएर) मान्यता दिने चलन छ । जसलाई कर्मचलाउने पनि भन्छि । (डोने यमन,डोने र डोने, पूर्ववत्ः३९)

यस जातिमा विवाह गर्दा घरतर्फ खल बंशज् मासिदैन । चेलीपट्टीका ७ पुस्ता र मावलीतर्फ ५ पुस्ता कटाउँछन् । अब बंश प्रणाली वा खलः प्रणालीमा ७ पूस्ता र ५ पुस्ते बिहे प्रणालीलाई खारेजी गर्नुपर्ने देखिन्छ । यस जातिमा दुबै परिवारमा वर र कन्या परस्पर साटासाट गरी विवाह गर्ने प्रथालाई सट्टा बिबाह भन्ने चलन थियो । यो हटिसकेको छ । यस जातिमा बालक वा कन्या विवाहयोग्य भएपछि बारुमी(लमी)मार्फत् पठाइने विवाहको प्रस्तावलाई मागी बिबाह भनिन्छ । विवाह गर्दा मामाहरु आएर बेहुलालाई सिंगारेर बाजागाजासहित बेहुलीको घरमा पुगेपछि बेहुलालाई पर्छेर बोकेर आसनमा बसाउँछन् । खानपिन गरी बेहुला बेहुलीलाई गर्दछन् । बेहुलीका बाबुआमाले तामाको भाँडोमा फल्याक राखेर त्यसमाथि केराको पातका छोरी ज्वाइँको खुट्टा पखालेर खुट्टाको पानी खाएर कन्यादान गर्दछन् । आफन्तहरुले पनि टिको लगाएर दक्षीणा तथा उपहार दिन्छन् । (ऐजान) मान्यजनको ठूलो भूमिका रहन्छ । विवाहको प्रस्तावको छलफलमा दुबै समूहका बीचमा ठोकु भनेर सवाल जवाफ गर्दछन् । टिकोटालो सकेपछि बेहुलाले बेहुलीका आफन्तहरुलाई टिको लगाएर ढोगभेट गर्नुपर्दछ । बेहुलीले कुलदेवतालई बत्ती बालेर टाढैबाट पूजा गर्दछिन् । डोने यमन २०७२,डोने र डोने, पूर्ववत्ः)

बुढीमाटो ः डोने जातिमा विवाहको एक दिन पहिले गरिने बुढीमाटो विधिमा सिमेभूमे (जलजमिनजंगल ) र कुलदेवीदेवताको पूजा गर्ने गर्दछन् । बेलुका मादल बजाउदै महिला मदेउली दुलादुलहीको आमाबाबु र मदेउलीहरुको साथमा बुढीमाटो लिएपछि बेहुला÷बेहुली अम्गाउँने योग्य भएको ठान्दछन् । बुढीमाटो लिईसकेपछि जन्ती जाने बाधा फूकुवा हुन्छ । विवाहको दिन म्हःठानगौरी र आँपको रुखको पूजा गर्दछन् ।

बारुमी जाने ः मागी विवाह गर्दा केटाको पक्षका नातेदारको माध्यमबाट पहिले बिहेको कुरा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अघि बढाएको हुन्छन् । रीतभात पुराउन लमीको सहायताले केटापक्ष बारुमी जाने चलन छ । केटाकेटी मनपरापर भएमा केटीकोे घरमा केटापक्ष २–४ पटक धाएपछि मात्र कुरा छिनिन्छ । बिहे हुने मन्जुर सहमति भएपछि टाउको खाईन्छ । जसलाई दुलही पक्का भयो जनाउदछ । केटाको मामा,काका,जेठाबा,निना र केटाको साथीभाई जम्मा भई कुरो छिनेको दिन भालेकाटी भोज खाने पुरानो संस्कार रहेको छ । (डोने भाषाक सिना शब्दकोश परिचय )

घौलो बुझाउनेः केटाको घरमा टाउको खाएपछि केही दिन पछि केटीको घरमा दुलाकाको तर्फबाट सुगुन स्वरुप माटोको घैलामा मार्चा,चामल एैला,म्होरः फलफूल,सेलरोटी,बाराखप्राक पिठा,दुधभारा कटौनी सरजाम, राँगाको मासु,माछा,भालेको मासु अण्डी सहित बेहुलीको घरमा साईत जुराउन वा मिति तय गर्न कोशेली लाने प्रचलन रहेको छ । जसमा केटापंक्षको आफन्तहरु मामा निना वा घरमुलीसहित बिहे गर्ने दिन जराउन जाने गर्दछन् । सोहीबेला छाङ्ङ«ा स्वरुप दुईचार दाम पैसा र दुलाहो घरमा फलेका डुसी,मकै,धान,गहूँ(अन्नपात) केटीको घरामा भतेर,म्होर बनाउँदा वा जन्तीलाई भोज खुवाउदा र बेहुलीपंक्षको मावली माइती आफन्तलाई सगुन खुवाउनलाई कोशेली स्वरुप लिने प्रचलन रहेको छ ।

छाङग्रा प्रचलन ः घैला बुजेपछि केही सातापछि छाङ«ा लिने÷दिने चलन छ । योे बेहुलाको घरबाट बेहुलीकी घरमा सगौनी हो । खुशीले छाङ«ा सगौनीलाई मान्ने गरिन्छ । सांस्कृतिक तबरमा यसलाई बर्तमान पुस्ताले भूलिसकेको छ । यो प्रचलन निकै सम्बेदनशील थियो । रीतभातको लागि बेहुलाका घरमा फलेका अन्नपात सगुन स्वरुप एक सोलीमा हालि थोरै चामल,मकै, गहुँ कोदो दलहन र एक÷दुई दाम रुयैया मखमल लुगामा पारि लाने चलन थियो । जन्तीलाई दुलहीको घरमा खानपान गरेको रिनभार नलागोस भनि दुलाहाको घरबाट नमूनाजन्य अन्नपात तीन÷तीन मुठीका दरले साना साना पाका बनाई राखिन्छ । सबै अन्नपातलाई मलमलको सेतो पाङीमा पोको पारेर दुलहीकी घरमा लैजाने प्रचलन थियो । दुई घर एक भान्छा समेत भएको सफेतप्रगाढ नाताको लागि लिने र दिने चलन नै छाङ«ा प्रचलन थियो । ३ दशक अघि बिकृत र कुरितिको नाममा कथित चलन भन्दै निमिट्यान्न गरे ।
परसंस्कृति तुलसीको मोठधारी सोच समाजको सिकोले छाङा«लाई बिस्थापित अभियान नै चलाए । संस्कृति ब्यबस्थापनलाई महत्व नदिई कुरितिको नाममा छाङग्रा प्रचलन नै यो समाजबाट तात्कालिन स्वाँठ बुद्धिजीबिहरुको मुढेतबरले बिलुप्त बन्न पुग्यो । मुठ्ठी अन्नपातलाई मुरीमा बिकसित बनाउदै एक दुई दामलाई हजारौमा लिनेदिने सिमा बढेदेखि समाजको अगुवाहरुको सांस्कृतिक चेतनाले बिकृति र कुरिती भन्दै यो जातिको छाङग्रा चलन हट्न गएको थियो । छाङग्राको सांस्कृतिक दर्शन नजानेर बिकृतभन्दै र बनाउदै यो चलन बर्तमानमा लोप भएको छ । सांस्कृतिक सुब्यबस्थापन गर्न नजान्दा तात्कालिन समयको अगुवाहरु छाङालाई बिकृत रुपदिई मासेका थिए । चेलीलाई किनबेचको पगरी गुथाएर जन्तीको भार कटनीलाई रसातलमा पुर्याएको छ । बिहे नै उतार्ने गलत सोच र दाम लिने हेतुले संस्कृतिलाई बिकृत पार्दै संस्कार नै मासेको छ । तात्कालिन समाजको अगुवाहरुको गलत कदमलाई गलत नै भन्दै छाङ«ा प्रथालाई समाजमा बिकृतीको नाममा लिलामी गर्न सकेलाई छुट छैन । छाङग्राको लिनेदिने मात्रालाई मुठठीमाना र १ दाममा नबनाई हचुवाको भरमा बिकृती भन्दै डोने संस्कृतिको समाजबाट लुप्त बनाए । संस्कृति हत्या र बिकृत गर्ने÷पार्ने कोही कसैलाई छुट छैन । (सीसीएलसी प्रतिबेदन,२०७५)

जन्ती प्रस्थानः डोने जातिको विवाहमा जन्ती वा बरियात जादा बेहुलाले सफेत रंगको फेटा वा ढाकाटोपी कपडा शिरमा लगाउछ र पाङी(पटुकी)मा भिर्ने चलन छ । सिन्दुरभाईले बाँसको कलिले कर्चीमा सेतोमाछा र केरागुबाँ बोकी हिड्ने चलन रहेको छ । केटाले ७ दिन पहिलेदेखि नै सोली बोक्ने ५ जना कन्या(केटी) र होख्रे र मादल बजाउनेसमेत गरि २–३ जना राखिन्छ । जन्ती जाँदा मादल बजाउदै नाचगान गर्दै जाने चलन भएकोमा वर्तमान समयमा पञ्चैबाजा बजाउछन् । पञ्च कन्याले फर्सिनका सोली बोक्ने र बेहुलालाई जेठी मडेलीलाई दिदीले छाता ओढाउँने गर्दछन् । डोने यमन २०७२,

जन्ती पर्सनेः बेहुली घरको पासरमा जन्ती पर्सेपछि बेहुला र बेहुलीकी बुबा सुपाडी नाँच खेल्ने चलन रहेको छ । त्यसपछि जन्तीलाई खानपान खुवाईन्छ । जन्तीले भोज खाएपछि बेहुलालाई आँगनमा अग्नी धुनी बालि राखिन्छ ।

बेहुला बेहुलीलाई राखेर टाढाका माईतिहरुले टिका लगाईदिन्छन् । बेहुली अम्गाएर पठाए संगै केही मुख्य माईती खलः(खाल)बेहुलाको घरमै जाने बेहुलाकै घरमा कन्यादन गर्ने चलन छ । जग्गेमा माहुर नाँच सम्धी सम्धीनीबाट भएपछि बेहुलाले सिन्दुरेभाईबाट सिन्दुर दान गरेपछि बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने वा लगाईदिने चलन रहेको छ ।

बेहुलाको घरमा नै आएर सिन्दुर पोते यो जातिले गर्ने गरेको छ । बेहुली अम्गिएर आउदा टाउकोको कपाल नदेखिने गरि रातो टालोले बाधेर आउने चलन रहेको छ । बेहुला बेहुलीको सिन्दुरपोते भएपछि भोज खाने चलन रहेको छ । बुहारी घर भित्राउदा सासुआमाले मानापाथी गरेपछि बिहे सम्पन्न भएको मानिन्छ । भोलीपल्ट लरीमा गई बेहुला बेहुली र मडेली,होख्रेसहित माहुर लुकाछुपी गर्दै बेहुला बेहुलीले गरेपछि गाउँले आफन्तहरुलाई म्वोर(जाँड) खुवाने गरिन्छ । र बिधीबत बिहे सकिन्छ । केहीदिन पछि दुलहन फर्काउन जाँदा कुखुराको भाले काटी आन्द्रा र जाँते नचुडाईकन धोईपखाली गरि तेलमा तारी ‘कोशेलीख्वाँ’ लानुपर्दछ । अन्य मेवामीष्ठान्न चीजबिज सहित माईतालु गई माईती मामलीहरुलाई कोशेलीख्वाँ सगुन दिदै ज्वाईलाई ससुराली आफन्त चिनाउनु पर्दछ । ससुलीले टिका आर्शिबाद दक्षिणसहित सुखद दाम्पत्य जोडि रहोस भनि आषिश थाप्ने चलन निकै पुरानो रहेको छ । डोने,यमन

जारी विवाहः अर्काकी पत्नी लगेमा लैजानेले पहिलो लोग्नेलाई जार तिर्नुपर्दछ । बिदुर र बिधवाको पनि यो जातिमा बिबाह गर्ने चलन छ । अहिले भाउजू बिहेको चलन भए पनि हाल बिदुवा भाउजू देवरले नगर्ने प्रथाको बिकास भएको छ । बिधवा भाउजू उनका छोराछोरीले टुहुरो ट्याङ«ो नहोस भनि उमेर पुगेका देवरले भाउजू अपनाउने प्रथा थियो । जुन तात्कालिन प्रचलन गैरडोने जातिमा पनि प्रचलन रहेको थियो । धेरै दाजुभाईले एक श्रीमतिभने चै नहुने यो जातिमा रहेको थियो । डोने यमन २०७२,

प्रेम÷चोरी विवाहः वर्तमान समयमा मागी विवाहभन्दा प्रेम विवाह वा चोरी विवाहको प्रचलन बढी देख्न सकिन्छ । यस्तो विवाहमा केटाकेटीकोे कुरा मिलेपछि २÷३ दिनसम्म केटाले केटी लुकाएर राख्ने र केटी पक्षले झिकाईबोलाई राजीकी बिराजी भन्दै सोधनी पश्चात श्रीमति बनाउने उदेश्यसहित समुह रुपमा केटाको पंक्ष गई चोरेर तानेर भगाई लगि एक दूईरात कटाईसकेपछि केटीको माईतीपंक्षबाट खोजीनिति गरि दुबै पंक्षको मिली पुन दुलाह चोर्ने र त्यस्तो प्रकृतिको बिबाहलाई सामाजिक मान्यता दिने चलन थियो । जसलाई चोरी बिबाह भनिन्छ । यो पूर्ण रुपमा कुम्बेरीमा हुने र अर्ध सहमति र पूर्ण सरसल्लाहमा टुङो नहँुदा केटाकेटी वा एकतर्फी मन पराएको बेला चोरी बिबाहकोभएको हुने गर्दथे । डोने यमन २०७२,

सम्बन्ध विच्छेदः डोने जातिको सम्बन्ध विच्छेदमा आफ्नै तरिका छ । पत्नी माइत गएर बसेमा पतिले बारम्बार लिन जाँदा पनि आउन मानिन भने उसले खर्च भराइपाउँन निवेदन गर्दछ । सो निवेदन उपर केटी पक्षका गन्यमान्यले छलफल गरी उचित ठहर गरेमा केटालाई विवाहमा लागेको खर्च फिर्ता पाउँछ । केटी पक्षले माग गरेमा केटाले पनि आपूmले ससुरालबाट ल्याएका सबै सामान फिर्ता गर्नुपर्दछ । यसरी डोने जातिमा सम्बन्ध विच्छेद गर्न ज्यादै सरल तरिका अपनाइएको पाइन्छ । डोने यमन २०७२,

मृत्यु संस्कार ९ँगलभचब िऋभचझयलथ०
डोने जातिमा मानिसको मृत्यु भएमा गाउँ भरका महिला पुरूषहरु भेला हुन्छन् । यस जातिमा ३ वर्षभन्दा सानो बच्चालाई बाटोमा गाड्दछन् भने ३ माथिदेखि ६ वर्षसम्मभएमा जलाउने गर्दछन् । ६ वर्षभन्दा बढी जतिसुकै उमेर भएपनि अविवाहित केटीकोे मृत्यु भएमा नदीको किनार, जंगलमा गाड्दछन् । बर्तमान समयमा डोने समुदायको मानिस मृत्यु भएमा सबै उमेर समुहकालाई नदी लरीघाटमा दाहसंस्कार गर्ने चलन बस्दै आएको छ । बिगतका ४ दशकअघि सबै उमेर समुहका शबलाई जंगलमा वा टारमा लगेर समाधि बनाउने प्रचलन रहेको थियो । तर,हाल यो परम्परा परिस्कृत भई जमिनबाट जलमा जलाउने प्रथाको बिकास गरिएको छ । जसमा यस जातिमा मानिसको मृत्युपछि लाशलाई उत्तर दिशातिर शिर पारेर राख्दछन् । बाँसको फरकीमाथि राखेर मसानघाट लैजान्छन् । गर्भवती महिलाको मृत्यु भएमा लासको पछि सरस्यूँ छर्दै जानेगर्दछन् । (डोने ,यमन २०७२)

त्यसैगरी शबलाई घाटमा लैजानु पूर्वाबस्थामा शवलाई हरियो गोबरले लिपेको ठाउँमा तिल र जौ तोरी छरेर सुताएर सेतो कपडाले ढाँक्दछन् । मलामी जाने आफन्त तथा छरछिमेकीहरुले आ–आफ्नो घरबाट १–१ दाउरा लगेर ३ तलाको चिहान बनाउँछन् । शवलाई बाँसको सोला खटमा राखेर बाँधेर खुट्टा अगाडि र टाउको पछाडि पारेर बोक्दछन् । एक जना ज्वाई कुटुम्बले धूप बालेर बाटो देखाउँदै अगाडि हिड्दछन् । बाटोमा भुटेको धान अर्धलाभा र सिक्का छर्दै हाडी र त्यसमा लिसो रहन्छ । लिसो वा बाँसको ढुंग्रीमा तील जौ तोरी हालेर लागिन्छ । कात्रोमा एक माना चामल राखिएको हुन्छ । आफन्तजनले दागबति दिएपछि अन्तिममा छोरा वा छोरी एक मात्र भए आमाबुबालाई दागबति दिएर सबैले माटो दिएपछि बिशेषतः छोराले चितामा रहेका चामल र बन्धन खोलेपछि शबलाई सन्तानले आगो लगाने बिधि हुन्छ । शब जलेर खरानी हुनुभन्दा अगाडी एकमाना चामल (पिण्ड) छोराले पकाएर राखेको हुन्छ ।
सो पछि शब चिताको खरानी पानीले बगाएर सोहीमाथि पकाएको भात(हिरण) पिण्ड चढाएर खोलामा बगाएपछि मृतकको छोराले खोलामा आँखा छोपेर ३ पटक डुबुल्की मारेर शरिरको लुगाकपडा ननिचरी काँध÷हातमा बोकी वा किरिया पुत्रीले सेतो कपडाबेरी सबै मलामी घर फर्कने गर्दछन् ।

बाटोमा काँडोको हाँगोलाई ढुंगाले च्यापेर हतियारले रेखा कोरी बाटो काट्दछन् र आगोमा तोरी हालेर धूपधुवार लिनुपर्दछ । सबै मलामी आफन्तजन घरमा बसि खप्राकपीठा (हाडी रोटी) नुनतेलरहित कलौ(खाजा) म्वोंर(जाँड) खाई जुठो बार्ने तिथिमिति तय गरिन्छ । जसमा बुधबारबाहेक र दोमासे बाहेक बिजोरी संख्यामा मृतकका उमेर समुहको हदमा ३ दिन,५ दिन,सातदिन र ९ दिनसम्म छाँकजुठो (नुन,तेल,माछामासु तथा दुध दही) बार्ने निर्णय गरि आफन्तजन तथा मलामीहरु घरघर बिदा हुने गर्दछन् ।
सतगत गरेको सोही राती तीनचुलाको खरानीलाई काँसाको थालमा राखि नाङलोमा राखिन्छ र भरी पानी भएको लोटासति डोकोले छोपी कुनामा राखिन्छ । भोलीपल्ट बिहान के कस्तो खरानीमा छाप पर्यो परेन,पानी घटेकी घटेन आदि आध्यात्म दृष्टिकोणबाट मृतकको पहिलो चोलाको लखकाटी बिश्वास गरिन्छ । क्रियापुत्री एकोहोरो बोल्ने, पीतृलाई क्रियापुत्रीले ३ छाँकीदेखि ७ छाँकी पानी दिने सधै केराको पात राखेर दुनामा पानी चामल दिने (पिण्ड तर्पण दिने) गरिन्छ । शुद्ध हुने अन्तिम दिन खोला नदी किनारामा बेषी जाने प्रथा रहेको छ । यो बेषीकर्म नै डोने जातिको अन्तिम कर्म हुनेगर्दछ । डोने यमन २०७२,

डोने बेषीकर्मः मृतकको शुद्धीकर्म अर्थात् बेषीकर्म वा चोखिने अन्तिम कर्मलाई बेषीकर्म भनिन्छ । मृतकका छोरा छोरीहरु खलःखाल गुठियार तथा ज्वाई कुटुम्बरी भान्जाभान्जी लगायतका नातेदार आफन्तहरु ५ दिन, ७ दिन, ९ दिन छाँट जुठो बार्ने प्रचलन रहेको छ । बेषीकर्म वा बेषी जाने मलामीहरुका लागि खानपानको सरजाम हाडी रोटी,चुच्चे सादा योमरी अर्थात् बग्याँ रोटी,मृतकको परान गएको स्थानमा कुखुरा काटी (महिला पुरुष) अनुसारकै भालेपोथी काटेर पकाएर पीतृको भागमा दुनामा राखेको चढाईन्छ । बेषीमा पनि पिण्डमा चाहिन्छ । शुद्ध हुने दिन मृतकका घरमा अन्तिम भोजका लागि मासुमा बाख्रो (पाठापाठी) काटिन्छ । माछो पकाईन्छ । बारेका सबै सरसामाग्री जुटाईनेछन् । बेशीकर्म गर्नुभन्दा गएराती नै खाल खलक बंशजहरुको घरबाट पीण्ड मिसाईन्छ । मृतकका घरमा अंशियार तथा खलःखाल गुठियारले कुखुरा चामल र केही दाम रुपैया सहित चोखिन उपस्थित हुने सांस्कारिक परम्परा रहिआएको छ ।
महिलाहरु खोलामा खल्को हाल्न अघिअघि हिड्छ भने बेषीका मलामीहरुका बाधा फुक्छ । केही पछि गरेर किरिया पुत्रीले केराको २ वटा गुबो पात भएको काँधमा बोकी अगाडि हिड्नुपर्छ । सोहीपछि मलामीहरु बेषी जाने गर्दछन् । साथमा घरमा पकाएको पीण्ड डालोमा राखी खोलातिर लगिन्छ साथै घरमा पकाईएको सबै चीजबीजहरु छुट्याएर बेषीमा पठाईने प्रचलन रहेको छ । मलामीले बाख्रो(बोकापाठी)कुखुरा,दाउरा,म्वोर,एैला,अण्डी र अनिबार्य कालो मासदाल,डुसी पीठो,चामलपीठा, नरिवल,पान सुपाडी,लड्डु,मिठाई,दुध,घिऊ,मह,फलफूल,चुरोटबिडी आदि सरजाम लिएर जाने गरिन्छ । नदीखोलामा पुगरे किरियापुत्री र छाँकजुठो बारेका खाल खलक बंशीयारहरुका पीतृमरेकाहरुकाबाट केश कपाल खौरने पुरानो संस्कार रहेको छ । सबैले केश नाऊ वा नापित (ठाकुर)ले कपाल खौरेसी एकैसाथ(चोटी) पीनाले नुहाउने गर्दछन् । सोही बेला नै लगेको भाले कुखुरालाई पानीमा फ्याँलि ढुंगाले हानी हार्ने र माछा समेत मार्ने गरिन्छ । माछा र भाले किरियापुत्री आफैले पकाउने गर्दछ । चोखिने बारदिन जन्मबार बुधबार छलेर चोखिने प्रचलन रहेको छ । उलिे जोडी बार संंख्या कटाउन नहुने चलन थियो । बर्तमानमा यो बार परिस्कृत बन्दै जान थालेको छ ।

यो जातिमा गाउँका भाषिक संस्कार संस्कृति जानकारले तन्त्रमन्त्र खालखल वा बंशियार गुठीयारले पीतृ र राहुकेतुलाई सम्झी खोलामा पीण्ड दिएपछि बगाउने चलनपानी दिने गर्दछन् । अन्तिम दिन सबै नातेदारबाट खलःखाल(गुठिायार) र आफन्तजन मलामीहरुले मृतकका नाममा पिण्डदान गर्दछन् । पीतृको रुपमा स्वीकार गर्दछन् ।
सो पश्चात सबैजना एकैचोटी खान बस्दछन् र एकैचोटी उठ्दछन् । सबै मलामीले बेशीभोज खाइसकेर चुला र समान लगेका भाँडाबर्तनमा सुनपाती छर्किन्छ र सबैले भोजपछि सुनपानी छर्किए घर आउने चलन रहेको छ । घरमा पनि मोरुभोज खाएर चोखिएर आ आफ्नो घर जाने प्रचलन रहेको छ । घरमा मोरुभोज खाईसकेपछि तेलका बाधा फुकाउन कारिकाठ गर्ने प्रचलन रहिआएको छ ।

घरमा आएपछि २ जना कुटुम्बलाई आँगन बलेसीमा बसाएर काँरीकाठ छोडाउँछन् । काँरीकाठ छोडाउँदा चामल,तोरी, मास, धाउलीको छेस्का हाँडीमा भुटेर तयार पार्दछन् । बलेसीमा बसेका २ जनालाई काँधमा तेल लगाउँदै तीन तीन पटक शिर र काँधबाट भुटेको चामल तोरी फ्याँने गरिन्छ । कारिकाँठ छुट्यो की छुटेन भन्दै किरियापुत्रीले सोध्दै तीनपटकसम्म एउटै प्रश्नगरि सोध्ने प्रचलन रहेको र ज्वाईले छुट्यो है छुट्यो भन्दै भूटेका चामल तोरी शिर काँधबाट फ्याँने गरिन्छ ।

सोहीबेला मृतकको नाममा दोष कटिजाओस र प्रकृति थानमा डोनेश्वरले राज गरि बसुन् भन्ने चाहाना राख्दै दुखकष्ट नदिउन र पीतृ देवताको थानमा राज गरुन्भन्दै कारिकाँठ बिधी गरिन्छ । त्यसपछि ज्वाईचेलोलाई खाने चीजबीज प्रदान गरिन्छ । डोने यमन २०७२,

दानकर्म ः मृतकको नाममा आप्mना छोरीज्वाई,नातिनी ज्वाई,भान्जाभान्जी बिबाहित भैगएका उनकी ज्वाई सन्तानहरुलाई गक्षअनुसार दानमा जमीन,लुगाफाँटो,भाँडाबर्तन दानदक्षिणा प्रदान गर्ने परम्परा रहेको छ । दान कर्म सकेपछि मृतकको नाममा सबैकर्मकाण्ड सकिन्छ । बरखी बार्ने नबार्नेभन्ने कुराको पनि टुङगो लगाउदछन् । बरखीमा घरमा कुनै पनि बिहे छेवरकर्म गरिदैन । यो अर्धबार्षिकी, नब्बेदिने वा एक बर्षको अबधिमा फुकुवा गरिन्छ । सोहीबेला खालखलक अंशियार गुठियारहरु र ज्वाईचेलीसबैको उपस्तिथीमा पीतृको नामा चोखोनीतो भोजभात गरि सदाको लागि पीतृको थानमा समपर्ण गर्दै सामान्य संस्कारको लयमा डोने जातिको लोकजीवनाचार्य ब्यतित सुरु हुने गर्दछ ।
(राईडोने,यमन)

२.२. चाडपर्र्वहरु ९ँभकतष्खबकि०
डोने जातिका प्रमुख चाडपर्र्वहरुमा बैशाखी पूर्णिमामा बायोपीतृ तथा प्रकृतिथान(चण्डीथान)सिमेभूमे देबी पुजा गर्ने प्रचलन रहेको छ । यो दिन बायोपुजा नगरे अष्ठमीका दिन बायोपुजा र भीष्ठाको पुजा गर्दछ । घटस्थापनाको दिन घरको कुलदेवता स्थापना भएका ठाउँमा जमरा राख्दछन् । विभिन्न शक्तिपीठ तथा प्रकृति वायुथानमा चढाउन दुनामा राख्दछन् । सप्तमीको दिन आ–आफ्नो गुठी वा समूहले राँगोलाई फूलपाती चढाउँछन् । (डोने,यमन, डोने र डोने, पूर्ववत्ः४०) अष्टमीका दिन आफ्ना कुलदेवताको कालीरात्री पूजा गर्दछन् भने नवमीका दिन म्हठान र भीष्ठालाई पंञ्चबली दिने चलन रहेको छ । जसमा बोका,भेडा भाले राका,परेवाको बली चढाउछन् । दशमीका दिन परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा लगाउँछन् र यो कार्य कोजाग्रत पूर्णिमासम्म चल्दछ । त्यसैगरि तिहारमा भाईटीका लगाई रमाईलो गर्दछन् । (डोने,यमन औलेबिजय,०७२)

कात्तिक पूर्णिमाका दिन भीष्ठान(भीमसेनथान) मन्दिरमा लाग्ने जात्रालाई भव्यताका साथ मनाउँछन् । यस दिन बाजागाजासहित बेलुका भीष्ठा(भीमसेन)थानमा बत्ती बाल्दछन् भने भोलिपल्ट गुठी समूहले बलिको व्यवस्था गर्दछ । हरेक घरबाट बलिका लागि विविध पशुपछीहरु ल्याएर बलिदिनेगर्दछन् । पुरूष तथा महिलाको बेग्लाबेग्लै लाइनमा बसेर मन्दिरमा पूजा गर्दछन् । (डोने र डोने, पूर्ववत्ः४१) बट्के एकादशी (हरिबोधिनी एकादशी) का दिन प्रत्येक परिवारबाट कम्तीमा १ जनाले पूजा सामग्री अमला, चामल, पैसा, फूलपाती, सखरखण्ड, पिडालु,धान, मकै, बयर आदि सामग्रीहरु लिएर खोलामा गएर नुहाइधुवाइ गरी विभिन्न देवीदेवताका पूजा गर्दछन् । (डोने र डोने, पूर्ववत्ः४१–४२)

डोने जातिमा माँघ्या सक्राटीलाई हल्लेउ संग्राती भनिन्छ र यस दिनलाई नयाँ वर्षको रुपमा पनि लिनेगर्दछन् । कन्दमूल र तीलक लड्डु र नाँचगान सहित सांस्कृतिक,भाषिक र भेषभूषासहित डोने जातिको पहिचानमूलक कार्यक्रम र समुहिक कन्दमूल प्रसादको रुपमा ग्रहण गरि धँुमधाम भब्यताको साथ मनाउने गर्दछन् । (राईडोने,यमन,डोनेखबर डटकम)
यस जातिमा चैतेदसै, मातातीर्थऔंशी, बाबुको मुख हेर्ने औंसी, बैशाख पूर्णिमालाई खेतीपाती सुरू गर्ने तथा मंसिर पूर्णिमालाई अन्नबाली थन्क्याउने पर्वको रुपमा मान्दछन् । यस जातिमा धान, मकै आदि प्रमुख बाली पाकेपछि पितृदेवतालाई चढाएर मात्र खाने चलन छ । उनीहरु वायु पूजा÷श्रीपञ्चमी÷सरस्वती पूजालाई पनि महङ्खवका साथ मनाउँछन् । (डोने र डोने, पूर्ववत्ः४३)

२.३. नातासम्बन्ध ९च्भबितष्यलकजष्उक०स् यस जातिमा रहेको नातासम्बन्ध निम्नानुसार विभाजन गर्न सकिन्छः
ड्ड रक्तसम्बन्धः रक्तसम्बन्धअन्तर्गत बाबुआमाबाट जन्मेका छोराछोरी तथा दाजुभाइ, बडाबाबु तथा काकाहरु पर्दछन् । एउटै बाबुआमाबाट जन्मेका सन्तानहरुबीच रक्तसम्बन्धको नाता रहन्छ ।
ड्ड वैवाहिकसम्बन्धः विवाहद्वारा जोडिने सम्बन्धलाई वैवाहिक सम्बन्ध भनिन्छ । यसमा विवाह गरेर ल्याइएकी महिलाका माइती पक्षका सदस्यहरु पर्दछन् ।
ड्ड बनावटी नाताः बनावटी सम्बन्धमा धर्मपुत्र राख्ने तथा मीत लगाएर बनिने सम्बन्ध पर्दछ । कुनै परिवारमा आ सन्तान नहुनले धर्मपुत्र वा धर्मपुत्रीको रुपमा राख्दछन् । रक्त तथा वैवाहिकसम्बन्ध नलाग्ने मानिससँग मीत लगाएर स्थापना गरिने सम्बन्ध हो ।
डोने जातिमा नातासम्बन्धलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छः (डोने,यमन डोनेभाषक सिना शब्दकोष परिचय ०७२, र डोने,राजन र डोने,सरस्वती डोने भाषा शब्द संग्रह तथा ईतिहास २०७८)

नेपाली डोने नेपाली डोने नेपाली डोने
हजुरबा÷आामा ÷बुमा बाबु÷आमा बा÷मा छोरा÷बुहारी बेट्याक÷पूठेक,पुटेक
बडाबा÷आमा बरीबा÷बरीमा काका÷काकी काका÷काकी दाजु÷भाउजू दाजु÷
फुपू÷फुपाजु निना÷निनि मामा÷माइजू मामा÷मामि ससुरा÷सासू सप्रेक÷सासेक
दिदी÷भिनाजु दाया÷भानु भाइ÷बुहारी भाराक÷ बहिनी÷ज्वाइँ बैनेक÷
सम्धी÷सम्धिनी सम्धेक÷सम्धिनेक जेठीसासू छोरी÷ज्वाइँ बेटेक÷जामै
जेठान÷दिदी जेठ्नाक सालो÷बहिनी साला÷ देवर÷देउरानी ÷देउरानेक
साढुदाइ÷जेठीसासू साढुभाइ÷साली ÷साली, सलिक साढुका सन्तान
भतिजो÷भतिजी भज्या÷भज्जेक नाति÷नातिनी नानेक÷नत्नेक सानीमा ÷ठुलीमा
मावली हजुरबा÷आमा अजाअजी मीत÷मितेनी मीत÷ देउरानी देउरानेक
छोरा÷छोरी छ्हावाक÷छ्हाबिक बहिनीका पति भतिजाकी पत्नी
सालो÷जेठान साल्याक÷ सालो,जेठानका पत्नी भतिजीका पति
आमाजु जेठिसासेक जेठानी दाया भान्जा÷भान्जी भम्र्याक÷भम्र्यक
परिवारको निर्माण वैवाहिक, रक्तसम्बन्ध आदिका आधारमा हुनेगर्दछ । डोने जाति पितृसत्तात्मक परिवार प्रणालीमा आधारित भएकाले ज्येष्ठ पुरूष सदस्यको सरसल्लाहले काम गर्दछन् । आफूभन्दा ठूलालाई आदरसम्मान र सानालाई माया गर्दछन् । कुटुम्बमा मीतको सम्मान सर्बाधिक हुन्छ । उनीहरु आफन्त तथा पाहुनाहरुलाई ठूलो सत्कार गर्दछन् । छोरीलाई पनि अंश दिने चलन छ । यस जातिमा निम्न पारिवारिक ढाँचा देखिन्छः

ड्ड एकल परिवारः एकल परिवारमा आमाबाबु तथा छोराछोरीहरु मात्र हुन्छन् ।
ड्ड संयुक्त परिवारः संयुक्त परिवारमा हजुरबा, हजुरआमा, आमाबाबु, छोराछोरी, दाजुभाइ, भाउजु, बुहारी, दिदीबहिनी, नातिनातिना ३–४ पुस्तासम्मका सदस्यहरु एकै परिवारमा बसेका हुन्छन् ।
ड्ड
२.४. घरको आकार तथा बनावट ९ऋयलकतचगअतष्यल या ज्यगकभ०
दुन उपत्यकाका डोनेहरु ढुंगाको छानो, ढुंगाको गाह्रो,काँचो इट्टाको आँखीभm्यालसहितको २ तला घर हुने गर्दछ । जसमा माथिलो तलामा आफू बस्ने त भूईतलामा बस्तुभाउ बाध्ने गरेको हुन्छ । भावर खोच बेशीफाँट तथा टारमा फुसको छाना र चित्रोको भित्तामा स–साना झुप्रा गक्षानुसार घर बनाएको हुन्छन् । प्राय पहाडी क्षेत्रकाले ढुंङ्गा र माटोको गाह्रो र खरको छानो छाएर घर बनाउछन् । घरहरु ढुंङ्गा, माटो, काँचो इँटा, थाम, निदाल, दलिन, टायल, जस्ता, झिँगटी आदिले आँखी भm्याँलसहित २ तले घर बनाएका भेटिन्छन् । यस जातिका घरबस्ती एकै ठाउँमा गुजमुज्ज पारेर तर आपसमा नजोडिकन निर्माण गरिएको पाइन्छ । अघिकांश घर ढुङ्गा, माटो र काठको प्रयोग गरेर बनाइएका छन् भने प्रायजसो काँचो इँटाको गाह्रो भएको घर बनाएका पाईन्छन् । हाल ०७२ बैशाकको महाभूकम्पले पुरानो ढाँचाको घर भत्केपछि कंक्रिटको घर बन्न थालेको छ । पुरानो ढाँचाको घर भूकम्पले नभत्काईएको मात्र नमूनाको रुपमा डोनेको घर भेट्न सकिने अबस्था रहेको पाईन्छ ।

हाल घरको बनावट र ढाँचा अनि घर बनाउने सामाग्री पाकेको इट्टाले पीपरवाला घरहरु बनेको भेटिन्छन् । २०७२ बैशाकको भूकम्प अघिका घरहरु खर तथा टिनाले छाएका थिए । प्रायः दुई तल्ले घरमा तल्लो तलामा एकातिर भान्सा र अर्काेतिर गार्र्ईवस्तु बाँध्ने प्रयोग गरिएको र माथिल्लो तल्लामा मानिस सुत्ने, अन्न भण्डारण गर्ने, सरसामानहरु राख्ने गरिन्छ । भित्री मधेस तथा दुन खोंचका घरहरु प्राय काठको भुइँतला टाँडे बनाएका पाईन्छन् भने गार्र्ईवस्तुको गोठको राखिन्छ । पहाडी क्षेत्रका घरहरुको भुइँतलामा अगेनु, चुलो र बस्ने ठाउँ हुन्छ । (डोने यमन,सीसीएलसी प्रतिबेदन २०७५)

२.५. खानपान ९ँययम बलम म्चष्लपक०
डोने जातिका मानिसहरुको मुख्य खानपिनमा अन्य जातिको सरह नै भएको पाइन्छ । ढिडो,कोदोको रोटी,बाबर(बारा),दालभात तथा सिटन पुसुन मेलामा भुटेको मकै,मोठ गुद्रुक ,म्वोर वा थ्वो खान्छन् । यस जातिमा बिहान जलख्वाँइमा कोदोको रोटी वा भुटेको मकै जाडोमौसमा नुकुचान पुसुन तथा सितन तरकारी खेतमा काम गन गएका हलि जोताहारलाई खेतमै लगेर खुवाईन्छ । दिउसो र बेलुका दुईछाक भात खाने गर्दछन् । यो जातिमा रागा,भैसीको मासु अत्याधिक खाने चलन छ भने बंगुर सुघुर र माछा ंगंगटा पनि पनि खान्छन् । पाहुनापाछाहरुलाई अनिबार्य म्वोर खाजाको रुपमा दिने प्रचलन रहीआएको पाईन्छ । पाहुनापाछाको सत्कार जाँडरक्सीबाटै हुने चलन रहिआएको पाईन्छ । डबुका वा टस्सेमा म्वोर वा एैला दिने चलन छ । प्रायजसो काँसाको थालीमा पाहुनालाई खुवाउने गर्दछन् । चियाभन्दा एैला र म्वोरको बढी प्रचलनले डोने जातिलाई मतवाली आदिबासी भनेर चिनिदै आएको छ । राँगो, कुखुराको मासु र तामसी भोजनसहित पाहुनापाछालाई सत्कार सम्मान गरि खुवाउने चलन छ । डोने जातिकै पाहुना भए चुलो नजिक भातभान्छा गराउछन् । गैरडोने वा अन्य आदिबासी जनजातिलाई घरभित्रै खुवाउने चलन रहेको छ । पीतृ राखेको घरामा चै रीतलाईमिची पाहुनालई चुलोमा राखेर खुवाईपिलाई गर्न चाहि बर्जित गरिएको छ । डोने जातिले बोम्ना समुदायले पकाएको कालो मासको दाल खेतबारी मेलापातमा र घराँमासमेत खादैनन् । डोने यमन २०७२,

२.६. भेषभूषा पोसाक ९ऋयकतगmभक०
डोने जातिका मानिसहरुको पोसाक साधारण खालको छ । जातिय पोशाकमा पुरुषका लागि सेते कछाड(पागी),भोटो,टोपी वा पेटा हुन्छ भने महिलाले कोटाको गुन्यू, मखमलको चोली, कम्मरमा सेतो पटुकी, टाउको वा काँधमा मखमलको खाँस्टोलाई सेता मलमलले छोपेको पछ्यौरा हुने गर्दछ । हावापानीका आधारमा दुन र पहाडी क्षेत्रको नदीको किनारा तथा खोंचमा बसोवास गर्ने मानिस भएकोले कछाड,दौरा सुरूवाल, कोट, ज्वारीकोट, टोपी, सर्ट, पायन्ट तथा महिलाहरुले कुर्ता, सुरूवाल आदि समेत लगाउँदछन् । (डोने यमन, डोने र डोने, पूर्ववत्ः१३)

२.७. गरगहना ९व्भधभकि बलम इचलबmभलतक०
डोने जातिका मानिसहरुको गरगहनाका परम्परागत रुपमा सुन तथा चाँदीका विभिन्न गरगहनाहरु लगाउछन् । पुरूषहरुले औठी, घडी, सिक्री लगाउछन् । यस जातिका महिलाका गरगहनाका प्रकार तथा स्तरीयता उनीहरुका आर्थिक क्षमतामा निर्भर गर्दछ । प्रमुख गरगहनामा टिका, विन्दिया, किलिप, झुम्का, टप, रिङ, मुन्द्री, कानढुंङ्ग्री, काँडेफुली,पातेसुन, नथ्थो, गलहरि,कालो लगनपोते,हार, मंगलसुत्र, पहेलोपोते, हसुली, औठी, चुरा, बाला, पाउजु, सिन्दूर, श्रीबन्दी,श्रीफूल आदि हुन्छन् ।

२.८. भाषा ९ीबलनगबनभ०
डोने जातिले बोल्ने मातृभाषालाई डोनेभाषा अर्थात राईडोन्या भाषा पनि भन्ने गरिन्छ । डोने जाति राईडोन्या, राईडोने,राईडोनेवार हुदै राईदनुवार भएका जाति हुन् । बिभिन्न कालखण्ड र कथ्य शब्द अपभ्रंशहुदै राईदनुवार जातिले बोल्ने मातृभाषा भनेकै डोने भाषा हो । डोने जातिले मातृभाषा बोल्दा ‘दनुवार’ भन्ने शब्द कतै प्रयोगमै आउदैन । मातृभाषा संरक्षण र अस्तित्वको लागि १२ औं राष्ट्रिय जनगणना २०७८ले डोने मातृभाषा महलको साबिति बयान दिलाईसकेको पाईन्छ । राईडोने र राईदेवासले बोल्ने मातृभाषाको मूल उत्पति तथा ब्यूत्पति भाषा भनेकै डोने मातृभाषा हो । डोने भाषा भारोभोटबर्मेली समिश्रित भाषा परिवारअन्तरर्गत रहेको पाईन्छ । डोनेमातृभाषामा नेवारतामाङ भोटबर्मेली भाषा परिवारको निकटष्ठ रहेको पाईन्छ । डोने जाति नेपालको दुन उपत्यकाको आदिम जाति हो । डोने भाषाको लिपी साहित्य छैन । कथ्यमा मात्र रहेको छ । डोनेभाषामा एकमत भाषाशास्त्रीहरुको पाईदैन । भोटबर्मेली र भारोपेली दुबै भाषा परिवारको समिश्रीत भाषा देखिन्छ । केही भाषाशास्त्री तथा भाषाबिद्हरका अनुसार डोने भाषा भारोपेली मगध परिवारभित्रको पर्दछ भन्ने गरिन्छ । तर अधिकांस भाषिक शब्द केलाउँदा र लबज टोनका आधारमा नेवार भोटबर्मेली भाषा परिवार निकट भेटिन्छ । डोने जातिको उत्पति र बिकासको चरण अध्ययनले समेत बर्मेली देखाउँछ । (राईडोने,यमन औलोबिजय,डोने जातिको इतिहास र बर्तमान लेखबाट)

२.९. मनोरञ्जन ९भ्लतभचतगष्लmभलत०
डोने जातिमा पनि मनोरञ्जनका विविध साधनहरु रहेका पाइन्छन् । उनीहरु विविध चाडपर्र्व ,जात्रा, मेला आदिमा झाँकी,ख्याली,बर्जे,राँम्दली,फर्सीने झाँकी,हल्लेऊ,म्हीझाँराहाङ झाँकी(धामीझाँक्री) नाँच वा बिजुजा झाँकी,नाँच वा झाँकीहरु देखाएर वा मनाएर मनोरञ्जन प्राप्त गर्दछन् । चाडवाड मनाएपछि केही घरहरु मिलेर मादल,ढोल,झ्याँम्टा बजाएर रातभर भाषिक जुहारी खेल्ने प्रचलन रहेको छ । बूढापाकाहरु आाफ्नै भाषाको लोकगीत गाएर मनोरञ्जन प्राप्त गर्दछन् । महिला पुरूषहरु दुबै नाँचगानमा सक्रिय रहने डोने जातिको सांस्कृतिक विशेषता मान्न सकिन्छ । राँम्दलीभाका मकै गोड्दा गाएर मेलापातजादा औधी रमाईलो गर्ने गर्दछन् । विविध चाडपर्र्व,जात्रामा डोनेहरुको मुख्य बाजा मादल र भm्याँटा,ढोलढयाँङ«ो भने विवाहमा पञ्चैबाजा बजाउँछन् । आफ्नो साली तथा भिनाजुको बीचमा ख्याँलठट्टामजा गर्ने कुरालाई समाजले पनि स्वीकार गरेको पाइन्छ । यस जातिमा विभिन्न प्रकारका बाजाहरु प्रयोग गर्ने प्रचलन रहेको पाइन्छ । खास गरि ढोलझ्याँटो,बादल,ढोलक,मुरली, हार्माेनियम, झ्याली,डम्फू, नगरा, बाँसुरीलगायतका विविध बाद्यवादनहरु चाडपर्र्व, झाँकी तथा नाँचगानको अवसरमा प्रयोग गर्ने चलन रहेको पाईन्छ ।

२.१०. परम्परागत विश्वास ९त्चबमष्तष्यलब िद्यभष्भिा०
डोन जाति अलौकिक तान्त्रिक शक्तिमाथि बढी विश्वास गर्दछन् । उनीहरु तान्त्रिक धामीझाँक्री, भूतप्रेत, टुनामुना,तन्त्रमन्त्र र अदृश्य शक्तिमाथि प्रगाढ विश्वास गर्ने गर्दछन् । जलजमिन,जंगललाई भाकल गर्ने, नाग,मच्छिन्द्रनाथ भीष्ठा र म्हठानलाई भक्तीभाब गर्ने र राम्रो नराम्रा सपनादेखेमा सोही अनुसार बिपनामा तपजप गर्ने, तीन जना हिडेमा साइत नपर्ने,बिग्रिने ठान्दछन् । छानो तथा धुरीमा बसेर काग कराएमा अशुभ मान्ने र कुनै नराम्रो घटना घटेमा भाग्यलाई दोष दिने, कुनै नयाँ काम सुरू गर्दा बायुपितृलाई दोषभोग नलागेस भनि सम्झने धुँपधुँवार गर्ने प्रचलन रहेको छ । नयाँ अन्नपात मच्छिन्द्रलाई चढाएरमात्र खाने भित्राउने साथै साथसहयोग बल माग्न भीष्ठा पुकार्ने, जीवनमा दोषखोट नपरोस भनि म्हःठान पुकार गर्ने र सिमेभूमे बनदेबीमा बिश्वास गर्ने गर्दछन् । गर्भवतीले सपनामा केरा खाएमा छोरा, दही खाएमा छोरी जन्मने विश्वास गर्दछन् । त्यसैगरी पाठर चढेमा सोचेको कुरा पुरा हुने बिश्वास राख्दछन् । (डोने यमन औलोबिजय)
२.११. शिक्षा ९भ्मगअबतष्यल०
डोने जातिको शैैक्षिक अवस्था राम्रै छ । विगतमा कमजोर रहेका भए तापनि हाल शिक्षाको क्षेत्रमा निकै अगाडि बढेका छन् । यस जातिमा चिकित्सा, इन्जिनियरिङ, वनविज्ञान, कृषि विज्ञान,शिक्षक,पत्रकार,वकिल,प्रोपेसर,निजामति सेवा,जंगी सेवाका माथिल्लो तथा गैरसकारी तथा सरकारी विविध जागिरदार क्षेत्रहरुमा पनि यस जातिको पहुच देखिन थालेका छन् । मास्टर्सडिग्री र विद्यावारिधिका बिद्यार्थीसमेत रहेका भेटिन्छन् । मानिसहरु उच्च तहमा पुग्न सफल भए तापनि अधिकांश परिवारका सदस्य सोझासिधा रहेको र गरिबीको कारणले आफ्ना छोराछोरीहरुलाई उचित शिक्षा दीक्षाका लागि स्कुलकलेज र प्राबिधिक बिश्वबिद्यालय पठाउन सकेका छैनन् । यस जातिमा शिक्षाप्रतिको चेतनामा भने तीब् बृद्धि भइरहेको हुनाले आफ्ना बालबच्चाहरुको शिक्षाप्रति निकै सचेत रहेको देखिन्छ । परम्परागत आदिबासी चेतना र आधुनिक शिक्षादीक्षाको चेतबाट जनजातीय पहिचान र अस्तित्वको खोजीमा डोने समाजमा अग्रगतिको बिकास भईरहेको मान्न सकिन्छ । (राईडोने,यमन)

२.१२. स्वास्थ्य ९ज्भबतिज०
डोने जातिको स्वास्थ्य स्थिति सामान्य रहेको पाइन्छ । विगतमा विरामीको उपचार गराउदा धामीझाँक्री लगाउने चलन भएपनि हाल अधिकांशले स्वास्थ्य केन्द्र तथा अस्पतालमा गएर उपचार गराउछन् ।
२.१३. राजनीति ९एयष्तिष्अक०
डोने जातिका मानिसहरु राजनीतिक क्षेत्रमा निकै पछि परेका छन् । पंचायती राजनीतिक बृतमा प्रधान÷उप–प्रधान पंञ्च भएका थिए भने दलीय राजनीतिमा एकादुई सांसद,माननीय र गणतन्त्रपछि राष्ट्रियसभा÷संघीय ÷प्रादेशीक माननीय तथा पालिकामा उपमेयर, र वडाध्यक्ष विभिन्न राजनीतिक दलबाट जनप्रतिनीधि बन्न सफल भएका छन् । यी आदिबासी जाति भने राज्यको निर्णायक तहमा पुग्न सकेको छैन । तर पनि दलीय राजनीतिप्रति निकै चाख भएको समुदाय मान्न सकिन्छ । र , नेतृत्व बिकासको लागि संघर्षको दौडाहा राजनीतिबृतमा अघि बढिरहेको समुदायभन्दा फरक पर्दैन । (राईडोने,यमन)
२.१४. अन्तरजातीय सम्बन्ध ९क्ष्लतभच(ऋबकतभ च्भबितष्यल०
डोने(राईडोने) जातिको अन्य जातजातिहरुसँगको सम्बन्ध सुमधुर रहेको पाइन्छ । राईदनुवारले समाजका अन्य जातजातिलाई कामकाज तथा अन्य धेरै कुराहरुमा सहयोग पु¥याइरहेका हुन्छन् । डोने वा गैरडोने छरछिमेकका तथा अन्य जातिहरुबीच घनिष्ठ सम्बन्ध रहेकाले अन्तरजातीय सम्बन्धसमेत निकै सुमधुर रहेको पाइन्छ । (राईडोने,यमन)

२.१५. महिलाको अवस्था ९ऋयलमष्तष्यल या ध्यmभल०
डोने जातिमा महिलालाई समान धनसम्पत्तिको हकदार मान्दछन् । पुरूषको तुलनामा महिलाको अधिकार कमी हुदैन । डोने जातिका महिलाका पेवापातमा पुरुषको हकदाबी कमै लाग्ने चलन छ । उहिले त डोने समाजमा सबै घरका निर्णयमा जेठो महिलाबाटै घरब्यबहार चल्दथे । छोराछोरीलाई शिक्षादीक्षा दिलाउने सन्दर्भमा हाल भेदभाब गरिदैन । दाईजो र घुम्टो प्रथा देखिदैन । महिलाले जेठाजू र मामा ससुरालाई छोयछुटो बार्नु पर्ने चलन छ । डोने(राईडोने) र राईदेबासमा आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, राजनीतिक क्षेत्रमा महिलालाई समान अधिकार रहेको पाईन्छ । महिलाले दोस्रो बिबाह गरे जारी उठाउने चलन छ । पुरुषले दोस्रो बिहे गरे मिलाएर राख्ने गर्दछ । मिलेन भने छोराछोरीसहितको आधा श्रीमानको सम्पतिमा हकदारको नाताले लिएर गरिखाने गर्दछन् । श्रीमानको पैतृक सम्पतिबाहेक महिलाको पेवापात र माईती मावलीले दिएका चल अचल सम्पतिमा श्रीमान पुरुषको हकदाबी रहदैन । (राईडोने,यमन)

२.१६. मानमर्यादा ९ज्यलयगच बलम च्भकउभअत०
डोने जातिमा ठूलालाई आदरसम्मान र सानालाई माया गर्दछन् । पाहुनापाछाको,नाता कुटुम्ब तथा मीतलाई सत्कार गर्दछन् । बाबुआमालाई खुट्टामा ढोग्ने, छोरीज्वाइँलाई ससुरा ढोग्ने, मावली अजाअजी(हजुरबाआमा)लाई नातिनतिनाले खुट्टा छोएर ढोग्दछन् भने मामा, भान्जा मीतमितेनी र सम्धीसम्धिनीलाई सिह्वाला(सिवाढोग)नमस्कार गर्दछन् । त्यसैगरी ज्वाँईचेलोको खुट्टा छोएर ससुराले सिवाढोग गर्ने चलन रहेको छ । साथै छोरीलाई बुवाले खुटटामा ढोग गर्ने चलन छ । (राईडोने,यमन)

२.१७. समस्याहरु ९एचयदझिक०
डोने जातिमा शिक्षाको कारण अन्धविश्वास हट्दै गएको छ । तन्त्रमनत्रको ज्ञान लोपहुदै जाँदा बिज्ञानलाई स्वीकारगर्दै बामे सर्दे जान थालेको आदिबासी हो । यो जातिका मानिसहरुले अदृष्यशक्तिमाथिको बिश्वास राख्दछन् । धामीझाँक्री, भूतप्रेत तथा कुलदेवताको भाकल गरेमा रोग निको हुने जनविश्वास गर्दछन् । यस जातिको चौतर्फी विकासका लागि विविध अन्धविश्वासको विरूद्ध समाजमा चेतना फैलाउन जरुरत छ । यस जातिमा शिक्षा, स्वास्थ्य तथा आर्थिक क्षेत्रमा विशेष कार्यक्रम सन्चालन गर्न आवश्यक ठहर्छ । शिक्षा र सञ्चार यो जातिको लागि आधुनिक समाज बिकासको कसी हो । यो जातिको बिकासका लागि गैरडोने जातिका वा अन्य जातित्वसंग सामाजिक अन्तरघुलनबिकास हुन जरुरत छ । विवाह, खानपान, भाषा, पोसाक, घरनिर्माण, कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा परिवर्तन आएको पाइन्छ । यो जातिको आमूल परिर्वतन र बिकासमा शैक्षिक,आर्थिक,राजनैतिक ,सामाजिक,धार्मिक,सांस्कृतिक र भाषिक संभ्रान्त बनाउन कला र साहित्यको बिकास गर्नु पहिलो खुड्कीलो हुन जान्छ । त्यसैले डोने(राईडोने÷राईदनुवार) आदिबासी जनजातिको चौतर्फी बिकासको लागि राज्यले बिशेषाधिकारसहित ‘दुन संरक्षित क्षेत्र’ स्थापित गरि ‘‘डोनेहाङका सन्तान दरसन्तान वा प्राचिन एैतिहासिक बिरासतलाई भूल्नु हुदैन ।” (राईडोने,यमन)
२.१८. परम्परागत सीप ९त्चबमष्तष्यलब िक्पष्ििक०स् डोने जातिको परम्परागत सीप बाँसको ढडिया,खोगी,डोको,डाला,सोली,ढोक्से आदिघर बुँना सरसामाग्री बनाउने कार्यको चलन थियो । ऊन र तान बुना कपडा बुन्दथ्थे । त्यसैगरी काँठका हलोसेट, हस्त काष्ठ सामाग्री,लिसोपासो,जाल बुन्ने काम पनि पुरातनबिधि नै हो । परम्परागत कृषि खेती, माछा मार्ने, पशुपंक्षी पालन गर्ने,चराचुरुङीको सिकार गर्ने र जंगल शिकार गर्ने आदिम सीप कला बर्तमानमा निकै लोप हुन थालेको छ । त्यसैले यो जातिले भन्ने गर्दछन् “पाखा शिकार पाषण रात,पानी शिकार माछा भात ।” ((राईडोने,यमन)
स्रोतसामग्री

श्री कान्छा डोने– पाँचखाल, काभ्रे
श्री राजन डोने– त्रियुगा, उदयपुर
श्री सरस्वती डोने–इन्द्रवती ,सिन्धुपाल्चोक ।
श्री कृष्णबहादुर डोने – बालुवा,काभ्रे ।
श्री लक्ष्मी दनुवारडोने पाँखाल,काभ्रे ।
श्री राजेशरत्न डोने –भीमटार,सिन्धुपाल्चोक ।
श्री सरस्वती राईडोने – तामाघाट,काभ्रे ।
श्री रामकृष्ण राईडोने – डुकुछाप,ललितपुर
श्री आशमान राईदेवास–राईगाउँ,मकवानपुर ।
श्री हरिशरण राईडोने,नुवाकोट ।
श्री रामचन्द्र राईदनुवार, छतिवन,मकवानपुर ।
श्री जनकसिंह राईदनुवार–दौलतपुर,मोरङ ।
श्री डोने,यमन औलोबिजय,डोने भाषाक सिना शब्दकोष परिचय,संघीय राज्य साप्ताहिक÷सीसीएलसी, लक्ष्मी छापाखाना २०७२ ।
श्री राजन डोने र श्री सरस्वती डोने, डोने भाषा शब्द संग्रह तथा इतिहास, नेपाल डोने विकास समाज, पाँचखाल, काभ्रे, ०७८ ।
संघीय राज्य साप्ताहिक,पुर्णपुष्टि साप्ताहिक,उदयपु सिम्रिक दैनिक उदयपुर ।
म्यलभथपजबदबच।अयm,कबलनजष्थबचबवथब।अयm,उगचलबउगकतष्।अयm
पत्रपत्रिकामा प्रकाशित डोने जातिको खोज अनुसन्धानात्क लेखमा आधारित ।

( खोज तथा अनुसन्धाता नेपाल टेलिभिजन उदयपुर सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ । )