०५ बैशाख २०८२, शुक्रबार

श्रीमतिको घाटी काटी टाउको हात बोकि हिडेको

जङ्गबहादुरको हातमा खुकुरीले छिनाएको श्रीमतिको टाउको

संबाददाता: सम्बादाता

उदयपुर २२ असोज । श्रीमानले आफ्नै श्रीमतीलाई खुकरीले घाँटी टाउको काटी बोकेर हिडेकोमा अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्रियुगा नगरपालिका ६ जलजले स्थित डेरा गरि बसोबास गरेका ३६ बर्षिय जंगबहादुर घिसिङ तामाङ ले आफ्नी श्रीलंकामति २८ बर्षिया प्रमिला लामाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयको प्रमुख उपरीक्षक हरिहर नाथ योगीले बताउनुभयो ।

सामान्य घरायसी बिबादपछि जङ्गबहादुरले धारिलो खुकुरीले घाँटी काटी टाउको हातमा बोकि हिडेका अबस्थामा इलाका प्रहरी कार्यालयको टोलिले तामाङलाई नियन्त्रणमा लिएको थियो ।

तामाङ दम्पतिले जलजलेमा चिया पसल गर्दै आएका थिए । उनिहरु ६ नम्बर वडा कार्यालय सम्शेर तामाङको घरमा भाडामा बस्दै आएको इलाका प्रहरी कार्यालयको इन्चार्ज घनश्याम पोखरेल जानकारी दिनुभयो ।

  1. शब पोस्ट मार्टमका लागी जिल्ला अस्पताल लगिएको इन्चार्ज पोखरेल बताउनुभयो ।

हत्यारा घिसिङलाई जिल्ला प्रहरी कार्यालयममा थप अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ