२८ चैत्र २०८१, शुक्रबार

श्रीमतीको टाउको काटेर हातमा बोकेर हिडेका श्रीमान

जङ्गबहादुरले श्रीमती प्रमिलाको टाउको बोकेर बजार परिक्रमा

संबाददाता: सम्बादाता

उदयपुर २२ असोज । मंगलबार साझ आफ्नै श्रीमतीको टाउको काटेर हातमा बोकेर हिडेका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा  डेरागरी चिया पसल गरेका  जङ्गबहादुर तामाङ आपक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ताप्ली गाउँपालिका ४ लखनडाँडा घरभई त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजले बजारमा डेरा गरि बस्ने जङ्गबहादुर तामाङ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले जनाएअनुसार मंगलबार साँझ उनले आफ्नो श्रीमती प्रमिला तामाङको हत्या गरेको थियो । जङ्गबहादुरले श्रीमती प्रमिलाको टाउको बोकेर बजार परिक्रमा गरी प्रहरीमा गएको बुझिएको छ ।

हालसम्म श्रीमतीको हत्या गर्नुपर्ने कारण खुल्न नसकेको प्रहरी बताएको छ। तर, स्थानीयहरुको अनुसार उनिहरुको केही समयअघि सम्बन्ध विच्छेद भएको थियो । हाल जङ्गबहादुरलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।