०५ बैशाख २०८२, शुक्रबार

गाईघाटको भगवती थान परिसर सरसफाइ

भगवती थान सरसफाई

संबाददाता: औलोबिजय

गाईघाट  १६ असोज । गाईघाटको शक्तिपिठ भगवती  थान परिसर नेपाली सेना,नेपाल प्रहरी,  शसस्त्र प्रहरीले सरसफाई गरेको छ ।

असल परम्परा, संस्कारकाे निरन्तरताका लागि  अर्थपूर्ण सहभागिसहित थान मन्दिरपरिसर आज बुधबार  सरसफाइ गरिएको  स्थानीयबासी तथा बुद्धिजिबि समाजसेबी युबराज घिमिरेले जानकारी दिनुभयो ।

भगवती मन्दिर व्यवस्थापन समितिको अगुवाईमा शस्त्र प्रहरी ,नेपाली सेना , नेपाल प्रहरी र सरोकारबालाको उपस्त्थितमा
मन्दिर परिसर सरसफाइ  गरिएको थियो ।

मन्दिर थान समितिको नेतृत्वमा दशैको सामुहिक जमरा राख्ने ,फुलपाती हर्षबढाई गाईघाट बजार परिक्रमा गर्ने ,दुर्गा पुजा घटस्थापनाको दिनबाट सुरुवात गर्ने , नेपाली सेना,प्रहरी र शसस्त्र प्रहरीले अष्टमी नवमीका दिन बलि पुजा गर्ने कार्यक्रम रहेको घिमिरेले जनाएको छ ।

बिजयादशमीको दिन जमरा बितरण गर्ने कार्यक्रम रहेको समेत उहाँले बताए । (यो समाचार  तयार र फोटो युबराज घिमिरेको फेसबुक सुचनाबाट लिईएको हो )