०५ बैशाख २०८२, शुक्रबार

मुङ्लिङ नागढुङगा सडक पहिरो अबरुद्ध हटाउदै

नागढुङा मुग्लिङ पहिरो हटाउदै

संबाददाता: शिव सिलवाल

धादिङ । बिहीबार देखी परेको अविरल वर्षाले गर्दा अवरुद्ध नागढुङ्गा मलेखु मुग्लीन सडक सहजै सुचारुका लागी आजदेखी पहिरो पन्छाउने काम सुरु गरेको छ ।
शुक्रवार साँझदेखि राजमार्गका ठाउँ ठाउँमा वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध सडक हिजोदेखि भने एकातर्फ सञ्चालनमा ल्याएको थियो ।
नागढुङ्गा मुग्लीन सडक खण्डको करिब एक सय स्थान भन्दा धेरै ठाउँमा ठुला ठुला पहिरो खसी राजमार्ग दुवै तर्फी ठप्प भएको हो ।
राजमार्ग ठप्प हुँदा राजधानी प्रवेशका लागी आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका थिए ।
विशेष गरी त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्ड अन्तरगत पर्ने चन्द्र गिरि नगरपालिका स्थित वडा नम्बर –२ झ्याप्ले खोलामा लोदो सहितको पहिरोले गर्दा सवारी सवारी आवागमन हिजो साँझसम्म ठप्प भएको हो ।
सो स्थानको पहिरो पन्छाई हिजो सडक एकतर्फी खुलाए पछि रोकिएका केही यात्रुवाहक र माल वाहक सवारीका साधनहरू राजधानी प्रवेश गरेको थियो ।
सो पहिरोले सवारी साधन समेत पुरेको थियो । सोको खोज तथा उद्धारले गर्दा पनि सवारी सुचारु गराउनका लागी केही समय लागेको हो ।
पृथ्वी राजमार्गको नौबिसे मुग्लीन सडक खण्ड भने आइतबार साँझदेखी नै एकतर्फी सञ्चालनमा ल्याइएकोमा भोलिदेखि भने दुवै तर्फी
सवारी सञ्चालनका लागी पहिरो पन्छाउने काम सुरु गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लानारयण पण्डेले बताउनु भएको छ ।
हिन्दुहरूको महान् पर्व वडा दसैँ नजिकिँदै आएको र राजमार्गमा सवारी चाप समेत बढेकोले यातायात सहज बनाउनका लागी आज दिनभरिमा पहिरो पन्छाई सक्ने प्रमुख पाण्डेले जानकारी दिनु भएको छ ।
सडक एकतर्फी मात्रै हुँदा सवारी व्यवस्थापनमा समेत प्रहरीलाई निकै समस्या भएको उहाँको भनाइ छ । राजमार्गको यात्रा भने आज पनि निकै कष्टप्रद रहेको सवारी चालकहरूको भनाई छ । राजमार्गका सडकहरू निमार्णको क्रममा खनेर छाडिदिएको र वर्षाले झनै बिगारे पछि सवारी हाँक्न निकै समस्या भएको हो ।
राजधानी प्रवेश गर्ने प्रमुख मार्ग नाग ढुङ्गा मल्खु – मुग्लीन सडक खण्ड हुँदै पर्वका बेला दैनिक २३ हजार भन्दा धेरै सवारी गुड्ने गर्दछ । सडकको बिग्रँदो अवस्थाका कारण यात्रुहरूले यात्राका क्रममा दुख भोग्नु नपरोस् भन्दै सडक दुवै तर्फी सञ्चालनमा ल्याउनका लागी काम भई हरेको हो । सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी राजमार्गमा पहिरो पन्छाउने काम भएको हो । हिजोको तुलनामा आज राजधानीबाट बाहिरिने र राजधानी भित्रने सवारीको चाप समेत बढेको छ ।