संबाददाता: सम्बादाता

उदयपुर । कोशी प्रदेश सरकारले अविरल बर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेलाई तत्काल राहात रकम उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेश विपत कार्यकारीसमितिकने आज बसेको बैठकले प्राकृतिक विपतिमा परेरे ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैया राहात उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश विपत कार्यकारी समितिका संयोजक एव आन्तरीक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षयतामा बसेको समतिकाृ बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिष बमोजिम पूर्ण क्षति भएका घरहरुकोलागि ५० हजार,आशिंक क्षति भएका घरहरुको लागि ३० हजार र समान्य क्षति भएका घरहरुका लागि १५ हजार रुपैया तत्काल राहात उपलब्ध गराउने निर्णय भएको आन्तरीक मामिला तथा कानून मन्त्रालयका उपसचिव एव प्रवक्ता विश्वदीप बेस्राले बताए ।
तीनदिनदेखि परेको अविरल बर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । ८ जना अझै वेपत्ता र १० जना घाइते छन्। पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ इलाममा १ जना जनाको मृत्यु भएको छ ।ै बाढी पहिरोमा परेर पाँचथरमा ५,मोरग १ झापामा २ बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ।
घाइतेहरुमा धनकुटामा ३,सोलुखुम्बुमा १,पाँचथर २,उदयपुर,सुनसरी,संखुवासभ,सुनसरी र भोजपुरमा एक÷एक जना घाइते भएका छन्।
बढी,पहिरो र डुवानका कारण कोशी प्रदेशमा पूर्ण रुपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ । अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पंक्षी मरेका छन् । मन्त्रालयको तथ्याक अनुसार बाढी,पहिरो र डुवानका कारण १३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ। बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।
र ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवारसंख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले पहिरोको उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ । जसमा अहिलेसम्मको प्राप्त विवरण अनुसार कोशी प्रदेशमा बाढी पहिरो र डुवानका कारण ५ करोड ६९ लाख २२ हजारको क्षति भएको छ ।