संबाददाता: संम्बाददाता
उदयपुर,३ असोज ।
उदयपुरको त्रियुगा नगरपालिकाको नगर अस्पताल उद्घाटन भएको छ ।
त्रियुगा नगरपालिका ५ देउरी स्थित पच्चीस शैयाको नगर अस्पताल पालिका प्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गर्नुभएको छ ।
बिशेषज्ञ चिकित्सक सहितको नगर अस्पताल आज बिहीबार एक कार्यक्रमबिच उद्घाटन सम्पन्न भएको हो ।
सदमुकाम गाईघाटदेखि ६ किलोमिटरको दुरिमा नगर अस्पताल आज संविधान सभा दिबसको अबसर पारेर उद्घाटन गरिएको वडा अध्यक्ष उद्वब कुमार थापाले बताउनुभयो ।
उद्घाटन समारोहमा रक्त दान, सस्कृतिक झाकी तथा बिबिध कार्यक्रम गरि सम्पन्न गरिएको छ । कार्यक्रममा नगरप्रमुख,उपप्रमुख, प्रमुख जिल्ला अधिकारी , सुरक्षा प्रमुख, १८ नम्बर बाहिनी प्रमुख, राष्ट्र सेवक कर्मचारी ,वकिल ,पत्रकार स्थानीय बासिको बाक्लो उपस्थित रहेको छ ।