०६ बैशाख २०८२, शनिबार

उदयपुरमा आमा छोराको हत्या

मृतकका आफन्त आउन अझ तीन चार घन्टा लाग्ने भएकोले सुरक्षा घेरा भित्र शब

संबाददाता: संम्बाददाता

उदयपुर ,२० भदौ ।
उदयपुरको कटारी नगरपालिका १० सोरुङछबिसमा आमाछोराको हत्या भएको छ ।
बिहिबार आमा ४० बर्षिया निर्मला थापा र छोरा ६ बर्षिय आरुस थापाको आफ्नै घरमा मृत अबस्थामा फेला परेको छ । खाटमा सुतेको बालकको चोट अनुहार देखिएको र आमा घोप्टो परेकोले चोट नदेखेको अबस्थामा मृत फेला परेका थिए ।कटारी इलाका प्रहरी टोलि घटना स्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयको प्रबक्ता राजन चापागाईंले बताउनुभयो ।

कटारीदेखि घटनास्थल निकै बिकट दुर्गम क्षेत्रमा रहेको मृतकका आफन्त आउन अझ तीन चार घन्टा लाग्ने भएकोले सुरक्षा घेरा भित्र शब रहेको प्रहरीले जनाएको छ ।शब प्रहरी सुरक्षा घेरा भित्र रहेको छ ।