संबाददाता: संम्बाददाता

पोखरा १७ भदौ ।
गण्डकी प्रदेशसरकारका मन्त्री राजीब गुरुङ दीपक मनाङेले राजीनामा दिएका छन् । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका छन् ।
मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका सन्तोले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएका थिए ।
यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
मनाङे आफ्नो मन्त्रालय फेरिएपछि सत्ता गठबन्धनमा असन्तुष्ट जनायदै राजीनामा दिएका हो ।